३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

उत्तर प्रदेशमा भएको बस दुर्घटनामा २९ को मृत्यु

एजेन्सी

दिल्ली — उत्तरी भारतमा सोमबार बिहान भएको बस दुर्घटनामा परी सो बसमा रहेका यात्रुमध्ये कम्तीमा पनि २९ जनाको ज्यान गएको समाचार छ । उत्तरी राज्य उत्तर प्रदेशमा भएको बस दुर्घटनामा परी २९ जनाको ज्यान गएको र अन्य २३ यात्रु सख्त घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तर प्रदेशमा भएको बस दुर्घटनामा २९ को मृत्यु

भारतीय राजधानी नयाँ दिल्लीबाट उत्तर प्रदेशको राजधानी शहर लखनउ जान लागेको सो बस खोँचमा खसेको थियो । यस दुर्घटनामा परी घाइते भएकाहरुको उद्धारको काम निकै कठिन भएको अधिकारीहरुले जनाएका छन् ।


सोमबार बिहान आग्रा पुगेपछि सो बस खोँचका खसेर दुर्घटनाग्रस्त भएको थियो । प्रहरीले उद्धारको काम कठिन भएको बताएको छ ।


आग्रा जिल्लाका म्याजिस्ट्रेट एन जी रवि कुमारले सो बस दुर्घटनाको पुष्टि गरकेा थिए । उनले २७ जनाको घटनास्थलमै निधन भएको र बाँकी घाइते १५ लाई निकै गाह्रोगरी उद्धार गरेर अस्पतालसम्म पुर्‍याइएको जानकारी दिए ।


गुडिरहेको बस सडकबाट कम्तीमा ५० फिट तल खसेको उनले जानकारी दिए । उनका अनुसार घटनाको केही समयमै प्रहरी पुगेपनि अधिकांशको घटनास्थलमै ज्यान गएको थियो ।

प्रकाशित : असार २३, २०७६ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?