क्यालिफोर्नियामा फेरि भूकम्प

क्यालिफोर्निया — क्यालिफोर्नियाको दक्षिणी भेगमा पुन: शक्तिशाली भूकम्प गएको आपत्कालीन अधिकारीले जनाएका छन् । 

अमेरिकी भूगर्भसम्बन्धी निकाय यूएसजीएसका अनुसार स्थानीय समयअनुसार शुक्रबार राति ७.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पका कारण दर्जनौं भवनमा क्षति पुगेको छ ।

क्यालिफोर्नियामा फेरि भूकम्प

अधिकारीहरूले इन्धन पाइपलाई भूकम्पले क्षति पुर्‍याएपछि केही स्थानमा आगलागी फैलिएको छ ।


शुक्रबारको भूकम्प दुई दशकअघिकै शक्तिशाली भएको जनाइएको छ । क्यालिफोर्नियामा यसअघि बिहीबारको भूकम्प ६.४ म्याग्निच्युडको थियो । विज्ञहरूले बिहीबारको ६.४ म्याग्निच्युडको झड्का शुक्रबारको भूकम्पको पूर्वकम्पन थियो । भूकम्पपछि दस दर्जनभन्दा बढी परकम्प आइरहेका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । पुन: भूकम्प जान सक्ने भूगर्वविद्को अनुमानपछि दक्षिणी क्यालिफोर्नियाका रिड्गरक्रेस्ट र बर्नार्डिनो काउन्टीमा आपत्काल घोषणा गरिएको छ ।


दोस्रो भूकम्पको केन्द्रबिन्दु पनि लस एन्जलस सहरभन्दा २ सय ५० किलोमिटर उत्तरको रिजक्रेस्ट सहर नजिकै रहेको जनाइएको छ । अधिकारीहरूका अनुसार भूकम्पका कारण गम्भीर प्रकृतिका मानवीय क्षतिको विवरण प्राप्त भइसकेको छैन । बीबीसीका अनुसार विभिन्न स्थानका सडकमा चिरा परेका, भवनका सिसा तथा ग्यास पाइप फुटेका छन् ।


लस एन्जलसका अग्नि नियन्त्रण विभागका अधिकारीका अनुसार भूकम्पका कारण ठूलो पूर्वाधारमा क्षति पुगेको जानकारी आएको छैन । तर कतिपय स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको जनाइएको छ । एक स्थानीय बासिन्दा जेरेमिया जोन्सले लस एन्जलस टाइम्सलाई बताए ।


एक स्थानीय जेरेमिया जोन्सले लस एन्जलस टाइम्ससँग भनेका छन्, ‘अवस्था एकदम डरलाग्दो थियो । कम्पनहरू अझै रोकिएका छैनन् ।’ अमेरिकाको क्यालिफोर्निया राज्यको जमिनमुनि धेरै धाँजा रहेका कारण टेक्टोनिक प्लेटहरू ठोकिइरहने भएकाले भूकम्पका लागि उच्च जोखिम रहेको छ ।


पछिल्ला भूकम्पहरू उत्पन्न भएको धाँजा ३० माइलभन्दा लामो छ । भूकम्पविद्हरूले उक्त धाँजाको लम्बाइ विस्तारै बढिरहेको जनाएका छन् । यसअघि बिहीबारको भूकम्पमा केही मानिस घाइते भएका थिए । भूकम्पको केन्द्रबिन्दु रहेको रिजक्रेस्टमा मानिसको पातलो बस्ती रहेकाले क्षति कम भएको अधिकारीको भनाइ छ ।

प्रकाशित : असार २२, २०७६ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?