३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

क्यालिफोर्नियामा २० वर्षयताकै शक्तिशाली भूकम्प

एजेन्सी

क्यालिफोर्निया — अमेरिकाको क्यालिफोर्निया राज्यमा दुई दशकयताकै शक्तिशाली भूकम्प गएको छ । अधिकारीहरुले क्यालिफोर्नियाको रिजक्रेस्ट केन्द्रबिन्दु रहेको ६.४ म्याग्निच्यूडको भूकम्प गएको बताएका छन् । रिजक्रेस्ट लस एन्जलसबाट २ सय ४० किलोमिटर उत्तरपूर्वमा पर्छ । अमेरिकी भौगर्भिक संस्था (युएसजिएस) का अनुसार करिब भूकम्पको केन्द्रबिन्दु जमिनबाट ६.६८ किलोमिटर तर रहेको जनाएको छ । 

क्यालिफोर्नियामा २० वर्षयताकै शक्तिशाली भूकम्प

भूकम्पबाट क्यालिफोर्नियाका विभिन्न स्थानमा भौतिक क्षति पुगेको जनाइएको छ । अधिकारीहरूले भूकम्पबाट भएको क्षतिको पुर्णविवरण संकलन भइनसकेको जनाएका छन् । यद्यपि, मानवीय क्षतिबारे केही जानकारी प्राप्त नभएको प्रहरीको भनाइ छ ।


अमेरिकी सञ्चारमाध्यमहरुले नै भौतिक या मानवीय क्षतिको बारेमा कुनै जानकारी प्राप्त नभएको जनाएका छन् । भूकम्प सन् १९९९ पछि क्यालिफोर्नियामा गएको सबैभन्दा शक्तिशाली भएको बताइएको छ ।


भूकम्पले क्यालिफोर्नियाको दक्षिणी भेगमा बढी क्षति भएको जनाइएको छ । क्यालिफोर्नियाको छिमेकी राज्य नेभादाको लस भेगासमा पनि भूकम्पको धक्का महसुश गरिएको बताइएको छ । भूकम्पपछि केही स्थानमा आगलागी भएको अधिकारीहरुले जनाएका छन् । तर ठूलो संख्याका उद्वारकर्मीहरु परिचानल गरिएको अधिकारीहरुले जनाएका छन् ।


प्रारम्भिक सूचनामा केही नागरिक घाइते भएका र उनीहरुलाई उद्धार गरेर अस्पतालसम्म पुर्‍याइएको जनाइएको छ । भूकम्पको केन्द्रविन्दु रहेको रिजक्रेस्ट बाक्लो बस्ती रहेको क्षेत्रबाट टाढा रहेकाले कम क्षति भएको अधिकारीको भनाई छ । क्यालिफोर्नियाको आपतकालीन कार्यालयले भूकम्प र आगलागीपछि खोज तथा उद्धारको कार्य जारी रहेको बताएको छ ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भूकम्पलगत्तै ट्वीट गर्दै राहत तथा उद्धार कार्य जारी रहेको जनाएका छन् । भौगर्भिक अधिकारीका अनुसार भूकम्पपछि निरन्तर रूपमा पराकम्प गइरहेका छन् ।


प्रकाशित : असार २०, २०७६ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?