भारतमा पर्खाल भत्किँदा १५ व्यक्तिको मृत्यु

रासस/एएफपी

काठमाडौँ — पश्चिम भारतमा रहेको एक अपार्टमेन्ट भवनको पर्खाल भत्किदाँ कम्तीमा १५ व्यक्तिको मृत्यु भएको छ । दुर्घटनामा चार बालबालिकासहित १५ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

भारतमा पर्खाल भत्किँदा १५ व्यक्तिको मृत्यु

निमार्णाधीन काममा सलग्न रहेका कामदार सुतिरहेको स्थानमा यो पर्खाल भत्किाँदा १५ व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनामा घाइते भएका दुई व्यक्तिको अस्पतालमा उपचार भइरहेको स्थानीय प्रहरी अधिकारीले एएफपी समाचार समितिलाई जानकारी दिएको छ ।


भारी वर्षाको कारण कमजोर भएको पर्खाल भत्किएको सो भग्नावशेषमा जीवितै व्यक्ति छ कि भनेर खोजी कार्य भइरहेको जनाइएको छ ।

प्रकाशित : असार १४, २०७६ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?