कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कोइलाखानी बन्द गर्न प्रदर्शन

एजेन्सी

बोन — जर्मनीको पश्चिमी क्षेत्रमा सञ्चालित कोइलाखानी रोक्ने जलवायु संरक्षणकर्मीको प्रयास प्रहरीले विफल पारिदिएको छ । 

कोइलाखानी बन्द गर्न प्रदर्शन

जर्मन प्रहरीले कोइलाखानी सञ्चालित क्षेत्रमा विरोध प्रदर्शनमा संलग्न सयौं संरक्षणकर्मीलाई त्यहाँबाट हटाएको जनाएको हो । उनीहरूलाई हटाउने प्रहरीको प्रयासपछि केहीबेर स्थिति तनावपूर्ण बनेको थियो ।


प्रहरीले प्रदर्शनकारीलाई भगाउन मरिचको धूलो प्रयोग गरेको जनाइएको छ । दुवै पक्षले एकअर्कालाई अनावश्यक बल प्रयोग गरेको आरोप लगाएको बीबीसीले उल्लेख गरेको छ ।


कोइलाखानी क्षेत्रमा पुग्नुअघि प्रदर्शनकारीले केहीबेर नजिकैको रेलमार्ग अवरुद्ध पारेका थिए । यसअघि शुक्रबार करिब ३० हजार संरक्षण पक्षधरले आचेन क्षेत्रमा प्रदर्शन गरेका थिए ।


प्रहरीले प्रदर्शनकारीलाई हटाउने क्रममा केही अधिकारी घाइते भएको जनाएको छ । उसका अनुसार कोइलाखानी क्षेत्र असुरक्षित छ । जर्मनीले सन् २०५० सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने लक्ष्य लिएको छ । पछिल्ला सर्वेक्षणअनुसार जर्मनीमा जलवायु परिवर्तन ठूलो समस्याका रूपमा देखिएको छ ।

प्रकाशित : असार ९, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?