कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

भारतीय संसद्‌मा नेपाली भाषामा शपथ

मनोज बोगटी

दार्जिलिङ — भारतमा दुई जना सांसदले २३ वर्षपछि नेपाली भाषामा शपथ लिएका छन् । सांसद राजु विष्ट र इन्द्रहाङ सुब्बाले भारतीय संसद्मा नेपाली भाषामा शपथ लिएका हुन् । तीन नेपालीभाषी सांसदमध्ये दुईले नेपाली भाषामा शपथ लिए । 

भारतीय संसद्‌मा नेपाली भाषामा शपथ

हालैको लोकसभा चुनावमा दार्जिलिङ संसदीय क्षेत्रबाट भारतीय जनता पार्टी (भाजपा) का उम्मेदवार विष्ट, सिक्किमबाट सिक्किम क्रान्तिकारी मोर्चाबाट सुब्बा र उत्तरखण्डमा भाजपाबाटै माला राज्यलक्ष्मी शाह सांसद बनेका हुन् । उत्तरखण्ड टिहरीकी नेपालीभाषी सांसद शाहले भने अंग्रेजी भाषामा शपथ लिइन् । सांसद विष्ट ढाकाटोपी र दौरासुरुवाल पहिरिएर संसद् पुगेका थिए । उनले संसदभित्रै ‘जय गोर्खा’ को नारासमेत लगाएका थिए ।


२२ मार्च १९७१ मा दार्जिलिङका सांसद रतनलाल ब्राहृमणले भारतीय संसद्मा नेपाली भाषामा शपथ लिने कोसिस गरेका थिए । तर उनलाई नेपाली भाषामा शपथ लिन दिइएन । यद्यपि २८ जुन १९७१ को दिन संसद्मा भएको यातायात मन्त्रालयको बजेटमाथि छलफलमा ब्राहृमणले नेपाली भाषामै आफ्नो धारणा राखेका थिए ।


२० अगस्ट १९९२ मा भारतीय संविधानको आठौं अनुसूचीअन्तर्गत नेपाली भाषालाई भारतीय भाषाका रूपमा भारत सरकारले मान्यता प्रदान गरेको हो । नेपाली भाषा भारतीय संविधानको आठौं अनुसूचीमा परेको ४ वर्षपछि (सन् १९९६ मा) दार्जिलिङबाटै सांसद बनेका आरबी राईले पहिलोपल्ट नेपाली भाषामा शपथ ग्रहण गरेका थिए ।


भारतीय संविधानमा सरकारी मान्यताप्राप्त भाषामा लोकसभा, राज्यसभा, विधानसभा, परिषद् पञ्चायत वा त्यस्तै सरकारी निकायमा नियुक्त हुने सदस्यले आआफ्नो भाषामा शपथ लिन पाउने प्रावधान छ ।

प्रकाशित : असार ४, २०७६ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?