१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

विमान दुर्घटना गराएको आरोपमा ४ जनालाई पक्राउ पुर्जी 

एजेन्सी

काठमाडौँ — सन् २०१४ मा नेदरल्यान्डस्‌को एमस्टर्डमबाट कोलालम्पुर उडेको मलेसियन एयरलाइन्सको एमएच १७ विमान दुर्घटना गराएको आरोपमा ४ जनालाई पक्राउ पुर्जी जारी गरिएको छ । दुर्घटना छानबिन गरिरहेका डच अनुसन्धानकर्ताहरूले ३ रसियाली र एक युक्रेनी नागरिकलाई मुख्य दोषी देखाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

विमान दुर्घटना गराएको आरोपमा ४ जनालाई पक्राउ पुर्जी 

जमिनबाट मिसाइल प्रहार गरी विमान खसालिएको थियो । डच अनुसन्धानकर्ताहरूले रुसी नागरिक इगोर गिर्किन, सर्जे डुबिन्सकी, ओलेग पुलाटोभ र युक्रेनी नागरिक लियोनिड खारचेन्को घटनामा संलग्न रहेको बताएका छन् । उनीहरू चारै जनालाई पक्राउ पुर्जी जारी गरिएको बीबीसीले जनाएको छ ।

उक्त विमान युक्रेन तथा रसियाको सीमावर्ती क्षेत्र दोनेत्स्क ओब्लास्टनेर दुर्घटनाग्रस्त भएको थियो । विमानमा १५ जना चालक दलका सदस्यसहित २९८ यात्रु सवार थिए । विमान नेदरल्याण्ड्सका १५४, मलेसियाका ४३, अस्ट्रेलियाका २७, इन्डोनेसियाका १२, बेलायतका ९, जर्मनीका ४, बेल्जियमका ४, फिलिपिन्सका ३, क्यानडाका १ र अन्य देशका ४१ यात्रु सवार थिए ।


राडारसँग सम्पर्क विच्छेद हुनु ठिक अगाडी विमान युक्रेनको युद्धग्रस्त क्षेत्रमाथि उडिरहेको र रुसी आकाशमा प्रवेश गर्न थालेको थियो । ग्रिनइच समय अनुसार १७ जुलाई बिहान १०:१५ बजे एमस्टर्डमबाट उडेको विमान राति १०:१० मा क्वालालम्पुर पुग्नु पर्ने थियो । तर विमान उडेको ४ घण्टामै रडारसँग सम्पर्क विच्छेद भएको थियो ।

प्रकाशित : असार ४, २०७६ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?