३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

भारतले अमेरिकी सामानमा कर बढायो

एएफपी

नयाँदिल्ली — भारतले आफ्नो देशमा भित्रने विभिन्न अमेरिकी सामानमा करवृद्धि गरेको छ । अमेरिकाले भारतलाई दिइआएको व्यापार सुविधा कटौती गरेको बदलामा २८ किसिमका सामानमा कर लगाइएको भारतीय अधिकारीहरूले जनाएका छन् ।

भारतीय केन्द्रीय राजस्व तथा भन्सार बोर्डका अनुसार अमेरिकाबाट आयात हुने बदाम, स्याउ र ओखरलगायत सामानमा करवृद्धि गरिएको हो । ओबामा प्रशासनमा निकै राम्रो सम्बन्ध रहेका भारत र अमेरिकाबीच पछिल्लो समय एकअर्काविरुद्ध करवृद्धि गरेका छन् ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सामानलाई भारतीय बजारमा सहज पहुँच नभएको र भारतले कृषिलगायत क्षेत्रमा ठूलो मात्रामा अनुदान दिएर प्रतिस्पर्धी क्षमता कमजोर पारेको आरोप लगाउँदै आएका छन् ।


भारतले अमेरिकी सामानमा १२० प्रतिशतसम्म करवृद्धि गरेको छ । आगामी जुन २८ र २९ मा जापानको ओसाकामा हुने २० औद्योगिक राष्ट्रहरूको सम्मेलनका क्रममा पनि करवृद्धिबारे भारत र अमेरिकी नेताबीच छलफल हुने अनुमान गरिएको छ ।


सरकारी तथ्यांकअनुसार भारतसँग अमेरिकी वस्तु तथा सेवाको व्यापार सन् २०१८ मा करिब १ खर्ब ४२ अर्ब अमेरिकी डलर बराबर भएको थियो । भारतसँग अमेरिकी व्यापार घाटा करिब २४ अर्ब अमेरिकी डलर छ ।

प्रकाशित : असार २, २०७६ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?