सहकर्मीलाई थप्पड हानेको आरोपमा केन्यामा सांसद पक्राउ

रासस/एएफपी

काठमाडौँ — केन्यामा आफ्नो निर्वाचन क्षेत्रमा बजेट नदिएको भन्दै रशिद कास्सिम नाम गरेका एक सांसदले फातुमा गेडी नाम गरेकी सांसदलाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । गेडी संसद्को बजेट समितिमा सदस्य पनि भएको समाचारमा उल्लेख छ ।

आक्रमणपछिको एक फोटोमा गेडी रुँदै गरेको र उनको मुखमा रगत निस्केको देखिन्छ । उक्त फोटो सामाजिक सञ्जालमा व्यापक भएपछि यस समाचारले बढी चर्चा पाएको छ । पूर्वी केन्याबाट सांसदमा निर्वाचित कास्सिमले आफ्नो निर्वाचन क्षेत्रमा किन रकम विनियोजन नगरेको भन्दै गेडीसँग संसद् भवनस्थित गाडी रोक्ने स्थानमा झगडा गरेको जनाइएको छ । त्यसपछि पुरुष सांसदहरुले 'थप्पड दिवस’ हो भनि महिला सहकर्मीहरूलाई होच्याएको समाचारमा जनाइएको छ ।


कास्सिमलाई पक्राउ गर्नुपर्ने मागसहित महिला सांसदहरू संसदबाट बाहिरिएपछि आरोप लागेका सांसद पक्राउ परेका जनाइएको छ ।

प्रकाशित : जेष्ठ ३१, २०७६ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?