१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

हुवावेले रुसमा ५ जी नेटवर्क विस्तार गर्ने 

काठमाडौँ — सुरक्षा खतरा औँल्याउँदै अमेरिकाले प्रतिबन्ध लगाएको चिनियाँ दूरसञ्चार कम्पनी हुवावेले रुसमा ५ जी नेटवर्क विस्तार गर्ने भएको छ । हुवावेले रुसी टेलिकम कम्पनी एमटीएसबीसँग अर्को वर्ष ५ जी विस्तार गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको छ ।

हुवावेले रुसमा ५ जी नेटवर्क विस्तार गर्ने 

चिनियाँ राष्ट्रपति सी चिनफिङको रुस भ्रमणका क्रममा यो सम्झौता भएको हो । चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको उपस्थितीमा ती संस्थाका अधिकारीहरुले सहमतिपत्रमा हस्ताक्षार गरेका थिए ।

हुवावेसँगको सम्झौताले रुसमा ५जी प्रविधिको विकासमा सघाउ पुर्‍याउने एमटीएसले विज्ञप्ति मार्फत जनाएको छ । हुवावेका उपाध्यक्ष ग्यो पिङले एमटीएससँगको सम्झौताले रणनीतिक महत्व बोकेको ५जीले महत्त्वपूर्ण कार्य गर्ने बताए ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुवावेमाथि प्रतिबन्ध लगाएपछि चीन र अमेरिकाबीचको व्यापार युद्ध झन् ठुलो हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताउँदै आएका छन् । ट्रम्प प्रशासनले हुवावेका उपकरणहरूले सूचना चोर्ने गरेको आरोप लगाउँदै आएको छ ।


ट्रम्पको उक्त निर्णयपछि गुगलले हुवावेसँग दूरी बढाउँदै हुवावेका स्मार्ट फोनहरूमा आफ्नो एप्स प्रयोग नगर्ने उल्लेख गरिसकेको छ ।

यसैबीच चीन सरकारले विभिन्न ४ वटा कम्पनीलाई ५ जी नेटवर्क विस्तारका लागि अनुमति दिएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित : जेष्ठ २३, २०७६ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?