भर्जिनिया बीच सिटीमा गोलीकाण्ड, ११ जनाको मृत्यु

बीबीसी

काठमाडाैं — ‍अमेरिकाकाे भर्जिनियास्थित एउटा सरकारी भवनमा भएको गोलीकाण्डमा ११ जना मारिएका छन्। घटनामा एक प्रहरी सहित अन्य छ जना घाइते छन्।

शुक्रबार साँझ ४ बजेतिर गाेली चलेकाे थियाे। भर्जिनिया बीच सिटीका कर्मचारीले नै गाेली चलाएकाे प्रहरीले जनाएकाे छ। ती कर्मचारीले सरकारी भवनमा अन्धाधुन्धु गोली चलाउन थालेका थिए।

गोलीकाण्डको जवाफी कारबाहीमा आक्रमणकारी पनि मारिएको प्रहरीले जनाएको छ। प्रहरीले सन्दिग्ध व्यक्तिकाे पहिचान भने खुलाएकाे छैन।

प्रकाशित : जेष्ठ १८, २०७६ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्

अहिलेका गीतमा गहिरो बेखुसी

बीबीसी

लन्डन — टुक्रिएको मन र वास्तविक क्रोधले सधैं कुनै न कुनै चर्चित गीत सिर्जना गराएको छ । डोली पार्टनको 'आई विल अल्वेज लभ यु' देखि एडेलीको 'सम वन लाइक यु' र साम स्मिथको 'स्टे विथ मी' जस्ता चर्चित गीत त्यस्तो उदाहरण हो, जसले आँसुलाई सुनमा परिणत गरिदिएको छ ।

गायिका टेलर स्वीफ्ट स्टेजमा । तस्बिर : एजेन्सी

तर अचेलका संगीतले पहिलेका गीत रचनामा देखिनेभन्दा फरक अर्थात् गहिरो बेखुुसी अभिव्यक्त गर्न थालेका हुन् ?
अमेरिका र बेलायतमा पछिल्ला दशकहरूमा आएका ६ हजार गीतको मूल्यांकन आधारमा यस्तै निचोड निस्किएको छ ।

सन् १९८० सम्म पनि दुःख र एक्लोपनाको भावना गीतमार्फत व्यक्त हुन्थे । खुसी अभिव्यक्त गीत कमै रुचाइन्थे । यतिबेला गीतमा आएको स्वाद परिवर्तनको कारण के होला ? के संगीतलाई लिने तरिकाको परावर्तन हो ? या, अहिलेको समाजलाई अभिव्यक्त गर्न खोजिएको हो ? केही तथ्यसहित कारण खोज्न सकिन्छ ।

लरेन्स टेक्निकल युनिभर्सिटीका लिओर सामिरले १९५१ देखि २०१६ सम्मका 'बिलबोर्ड हट १०० सिंगल्स' बाट ६ हजारभन्दा बढी गीत नमुनाका रूपमाछनोट गरेका थिए । ६५ वर्ष अवधिका गीतमाथिको उनको खोजबाट आवेग र झगडापूर्ण अभिव्यक्ति मिश्रति गीतकोसंख्या दुई गुना भएको पाइयो । डर अभिव्यक्त गीत ५० प्रतिशतले बढेको देखियो । अहिलेका गीत त झनै आक्रामक र डरलाग्दा देखिएको उनको अध्ययनको निष्कर्ष छ ।

यसो हुनुमा र्‍याप म्युजिकको प्रभावलाई पनि कारक मानिएको छ । जुन संगीतले पंकझैं समाजको बेचैनी र आवेगको प्रतिनिधित्व गर्छ । पीडा भरिएका गीत ८० को दशक र २०१० पछि एकाएक बढेको र खुसी, स्वच्छन्दताका गीतको मात्रा खस्किँदै गएको सामिरको अध्ययनले देखाएको छ ।

'प्रस्टै छ गीतहरू बिस्तारै क्रोधपूर्ण, डरलाग्दा, वेदना भरिएका र कम उत्साहपूर्ण हुन थालेका छन्,' सामिरले भनेका छन्, '५० को दशकको तुलनामा अहिलेका गीतमा ठूलो भिन्नता देखिएको छ ।' उनले केही गीतको उदाहरण पेस गर्दै ५० को दशकमा हर्षविभोर बनाउने खालका गीतको आधिपत्य रहेको जिकिर गरे ।

अध्ययन भन्छ- ५० को दशकको एल्भिस पि्रस्लीको गीत 'अल सुक अप' ले व्यक्त गर्ने भावनाभन्दा अहिलेको चल्तीको टेलर स्विफ्टको 'ब्याड ब्लड', माइली साइरसको 'रिंकिङ बल' र जस्टिन बिबरको 'सरी' बोलका गीतमा दुःख र पीडाको मात्रा अत्यधिक छ ।

यी गीत आ-आफ्नासमयका अत्यधिक रुचाइएका हुन् ।क्यालिफोर्निया युनिभर्सिटीका नटलिया कोमारोभाले पनि संगीतको स्वाद अनुसन्धान गर्ने क्रममा आफ्नै छोरीले नकारात्मक भाव पैदा गर्ने गीत रुचाएको देखेर आश्चर्यचकित भएको बताएकी छन् ।

उनको समूहले लाखौं संगीतप्रेमीमा गरेको अध्ययनको निचोड पनि सामिरको भन्दा फरक देखिएन । कोमारोभाले नकारात्मक भाव पैदा गर्ने गीत सँगसँगै आइटम (डान्सिङ) नम्बरका गीत पनि उत्तिकै चलेको नयाँ तथ्य पत्ता लगाएकी छन् । उनलेे वियोन्से र चार्लीका गीतमा यी दुवै तत्त्व मिसिएको खुलाइन् ।

डेबिट रोब्सन

प्रकाशित : जेष्ठ ६, २०७६ ०७:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्