१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

बोइङको ७३७ म्याक्स अगस्टसम्म पनि सञ्चालनमा नआउने 

रोयर्टस

सोल — अन्तर्राष्ट्रिय हवाई परिवहन संगठन (आईएटीए)ले बोइङको ७३७ म्याक्स विमान अगस्टसम्म पनि सञ्चालनमा नआउन जनाएको छ । विमान सञ्चालनमा ल्याइने वा नल्याइने विषय नियमनकारी निकायसँग निर्भर रहने उसले जनाएको छ ।

बोइङको ७३७ म्याक्स अगस्टसम्म पनि सञ्चालनमा नआउने 

गत मार्चमा इथोपियामा यो मोडलको विमान दुर्घटनामा परेपछि विश्वभर ग्राउण्डेड गराइको थियो । उक्त दुर्घटनामा परी १ सय ५७ जनाको ज्यान गएको थियो ।


आईएटीएका प्रबन्ध निर्देशक एलेक्जेन्डर डी जुनेइकले सोलमा पत्रकारहरुसँग कुरा गर्दै १० देखि १२ हप्ताभित्र म्याक्स ७३७ पुनःसञ्चालनमा आउनेमा अहिले पनि विश्वस्त नभएको बताए । उनले विमान पुनःसञ्चालनमा आउने कुरा नियमन निकायसँग निर्भर रहेने बताए ।


५ देखि ७ हप्ताभित्र ओईएटीएले विमान कम्पनी, नियमन निकायहरु र बोइङसँग एउटा सम्मेलनको आयोजना गर्दैछ । उक्त सम्मेलनमा म्याक्स ७३७ लाई पुनःसञ्चालनमा ल्याउन के गर्नुपर्ने विषयमा केन्द्रीत हुने उनले बताए ।


७३७ म्याक्स ग्राउण्डेड भएपछि पछिल्लो ६ महिनायता विमान उद्योग नराम्रो अवस्थामा गुज्रिरहेको जुनेइकले बताएका छन् ।


आईएटीएले गत डिसेम्बरमा सन् २०१९मा विमान उद्योगको नाफा ३५ दशमलव ५ बिलियन अमेरिकी डलर हुने प्रक्षेपण गरेपनि आगामी जुन २ मा हुने वार्षिक बैठकले यसलाई परिमार्जन गर्ने बताइएको छ । विमान उद्योगको नाफा घट्ने बताइएको छ ।


यो पनि पढ्नुहोस्ः

दुईवटा जहाज दुर्घटनापछि बोइङले '७३७ म्याक्स' को उत्पादन घटाउदै

बोइङ ७३७ म्याक्स नउडाइने

बोइङले ७३७ विमान उत्पादन घटाउने

प्रकाशित : जेष्ठ १५, २०७६ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?