भेनेजुएलामा बन्दीबीच झडप, २९ को मृत्यु

एजेन्सी

काराकस — भेनेजुएलाको एक थुनुवा कक्षमा भएको भिडन्तमा कम्तीमा २९ बन्दीको ज्यान गएको छ । पोर्चुगुएसा राज्यको प्रहरी कार्यालयमा रहेको थुनुवा कक्षका बन्दीबीच एक आपसमा भिडन्त भएको हो । घटनाका क्रममा १९ प्रहरी अधिकारी घाइते छन् ।

बन्दी अधिकारसम्बन्धी एक संस्थाका अनुसार बन्दी भेट्न आएका मानिसलाई एक समूहले नियन्त्रणमा लिएपछि दुई पक्षबीच झडप भएको हो । त्यसलगत्तै प्रहरीले हस्तेक्षप गरेपछि थप क्षति भएको जनाइएको छ ।


सार्वजनिक सुरक्षा प्रमुख ओस्कार भलेरोले २५० जना क्षमताको थुनुवा कक्षमा ५४० बन्दी राखिएको थियो । भलेरोले भिडन्तका क्रममा गोली हानाहान तथा गि्रनेड आक्रमणसमेत भएको दाबी गरे ।


भेनेजुएलाका थुनुवा कक्षमा क्षमताभन्दा बढी बन्दी राखिने कारण पटकपटक भिडन्त हुने गरेको छ । सन् २०१८ को मार्चमा कैदीहरुबीचको भिडन्तमा ६८ को मृत्यु भएको छ ।


प्रकाशित : जेष्ठ ११, २०७६ २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?