१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

हिंसात्मक घटनामा २० जनाको मृत्यु

एएफपी

नाइजेरिया — नाइजेरियामा हिंसात्मक घटनामा कम्तीमा २० जनाको मृत्यु भएको छ । देशको उत्तरपश्चिमी क्षेत्रको कात्सीनामा हतियारधारीहरुले सर्वसाधारणको हत्या गरेका हुन् । प्रहरीका अनुसार मोटरसाइकलमा आएका हतियारधारी व्यक्तिहरुले दुर्गम क्षेत्रमा मंगलबार स्थानीयको हत्या गरेको हुन् ।

हतियारधारीहरूले कम्तीमा १८ जनाको ज्यान लिएको कात्सीना राज्यका प्रहरी प्रवक्ता गाम्बो इसाहले बताए । स्थानीय बासिन्दाले भने मृत्यु भएकाको संख्या त्योभन्दा बढी भएको दाबी गरेका छन् ।


उनीहरुले नजिकैको अर्को मारा जाम्फारावा भन्ने ठाउँमा पनि आक्रमण गरेका थिए । त्यहाँ उनीहरुले कम्तीमा पाँच स्थानीय बासिन्दाको हत्या गरेको पनि प्रहरीले जनाएको छ । दुवै घटना भएको प्रदेश नाइजेरियाको केन्द्रीय राजधानी अबुजादेखि ३ सय ५० किलोमिटर टाढा पर्दछ ।


प्रकाशित : जेष्ठ ८, २०७६ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?