३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

युद्ध भए इरान ध्वस्त : ट्रम्प

एजेन्सी

वासिङटन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान अमेरिकासँग युद्धमा होमिए ध्वस्त पारिदिने चेतावनी दिएका छन् । 'यदि इरान युद्ध गर्न चाहन्छ भने त्यो इरानको आधिकारिक अन्त्य हो,' ट्रम्पले ट्वीटरमा भनेका छन्, 'त्यसपछि इरानले संयुक्तराज्य अमेरिकालाई कहिल्यै धम्की दिनेछैन ।' 

युद्ध भए इरान ध्वस्त : ट्रम्प

अमेरिकाले पछिल्ला दिनमा खाडी क्षेत्रमा सैनिक युद्धपोत तथा विमानहरु थपेको छ । आइतबार फक्स न्युजसँगको अन्तरवार्तामा राष्ट्रपति ट्रम्पले 'इरानलाई कुनै पनि हालतमा परमाणु हतियार विकसित गर्न नदिने' बताएका थिए ।


'म युद्धमा जान चाहने व्यक्ति होइन किनकि यसले देशको अर्थतन्त्रमा असर पर्छ, र मानिस हताहत हुन्छन्,' उनले भने । इरान पनि अमेरिकासँग युद्ध नचाहने पक्षमा देखिन्छ । यसअघि इरानी विदेशमन्त्री मोहम्मद जाभद जारिफले आफूहरुले अमेरिकासँग युद्ध नचाहेको बताएका थिए ।


इरान र अन्तर्राष्ट्रिय समुदायबीच सन् २०१५ मा भएको परमाणु सम्झौताबाट अमेरिका बाहिरिने निर्णय गरेपछि दुई देशबीच तनाव बढेको हो । इरानले खाडी क्षेत्रमा परमाणु हतियार राख्ने गरेको संयुक्त अरब इमरेटसले दाबी गर्दै आएको छ । तर उक्त आरोपको इरानले खण्डन गर्दैर् आएको छ ।

प्रकाशित : जेष्ठ ६, २०७६ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?