ताजकिस्तानको एक जेलमा ३२ को मृत्यु

एएफपी

डुशान्बे — ताजकिस्तानको एक जेलमा भएको भिडन्तमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ । मारिएकाहरु मध्ये २४ जना इस्लामिक स्टेट्स आतंककारी समूहका सदस्य र तीन जना सुरक्षा गार्ड रहेका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । 

ताजकिस्तानको राजधानी डुशान्बे नजिकै रहेको उक्त कारगारामा आइतबार साँझ आईएस आतंककारी समूहले सुरु गरेको झडपमा पाँच कैदी, तीन गार्ड र २४ जना आईएस आतंककारी मारिएका यहाँको न्याय मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।


यस घटनाको अनुसन्धान जारी रहेको बताइएको छ ।

प्रकाशित : जेष्ठ ६, २०७६ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?