भारतमा छैटौं चरणको मतदान : बंगालमा बढी, यूपीमा कम

एजेन्सी

नयाँदिल्ली — भारतमा लोकसभा निर्वाचनअन्तर्गत छैटौं चरणको मतदान आइतबार सम्पन्न भएको छ । विभिन्न राज्यमा भएको यो चरणको चुनावमा कुल ५९ दशमलव ७० प्रतिशत मत खसेको छ ।

उत्तर प्रदेशको इलाहाबादमा आइतबार मतदानका लागि लाइनमा बसेका मतदाता ।तस्बिर : एएफपी 

एनएनआईका अनुसार पश्चिम बंगालमा ८० दशमलव १३ प्रतिशत, दिल्लीमा ५५.४४, हरियाणामा ६२ दशमलव १४, उत्तरप्रदेशमा ५० दशमलव ८२, विहारमा ५५ दशमलव ०४, झारखण्डमा ६४ दशमलव ४६ र मध्यप्रदेशमा ६०.१२ प्रतिशत मतदान भएको छ ।


५९ स्थानका लागि भएको यो चरणमा ७ सय ९७ उम्मेदवार रहेको निर्वाचन आयोगले जनाएको छ । यसअघि सन् २०१४ को लोकसभा निर्वाचनमा यी ५९ सिटमध्ये भारतीय जनता पार्टीले ४४ ठाउँमा जित हासिल गरेको थियो ।


यस चरणमा उत्तर प्रदेशका १४, हरियाणाका दस, मध्यप्रदेश, विहार र पश्चिम बंगालका आठ-आठ, नयाँदिल्लीका सात र झारखण्डका चार निर्वाचन क्षेत्रमा मतदान भएको हो । आइतबारको निर्वाचनमा केन्द्रीय मन्त्री मेनका गान्धी, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, कांग्रेस नेता दिग्विजय सिंह र भारतीय जनता पार्टी (भाजपा) का प्रज्ञासिंह ठाकुरलगायत नेता पनि चुनावी मैदानमा रहेका छन् ।


भारतमा गत अप्रिल ११ देखि विभिन्न चरणमा लोकसभा चुनाव भइरहेको छ । सात चरणमा सकिने केन्द्रीय निर्वाचनको अन्तिम चरण मे १९ मा सम्पन्न हुनेछ । यसअघि अपि्रल १८ मा दोस्रो चरणको, अपि्रल २३ मा तेस्रो चरणको, अपि्रल २९ मा चौथो चरणको र यही मे ६ तारिखका दिन पाँचौं चरणको निर्वाचन भएको थियो ।


पाँचौं चरणको निर्वाचनमा सात राज्यका ५१ स्थानका लागि मतदान भएको थियो । त्यस चरणमा उत्तर प्रदेशबाट गृहमन्त्री राजनाथ सिंह, भारतीय राष्ट्रिय कंग्रेसकी नेत्री सोनिया गान्धी, कंग्रेस अध्यक्ष राहुल गान्धी तथा मन्त्री स्मृति इरानी उम्मेदवार रहेका छन् ।


यसअघि सन् २०१४ को चुनावमा यी क्षेत्रका कुल ५१ स्थानमध्ये भाजपाले ४० स्थान जितेको थियो भने कंग्रेसले दुई स्थान मात्र जितेको थियो । कंग्रेसले रायबरेली र अमेठीमा मात्र विजय हासिल गरेको थियो । भारतमा आगामी मे १९ तारिखका सातौं तथा अन्तिम चरणको निर्वाचन हुनेछ । चुनाव सम्पन्न भएको चार दिनपछि मे २३ मा मतगणना हुनेछ ।


यसैबीच भारतीय राष्ट्रिय कंग्रेसका प्रभावशाली नेत्रीद्वय सोनिया गान्धी र पि्रयंका गान्धीले आइतबार दिल्लीमा मतदान गरेका छन् । आमा सोनिया र छोरी पि्रयंकासँगै पि्रयंकाका श्रीमान् रोबर्ट वद्राले पनि मतदान गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । कंग्रेस महासचिवसमेत रहेकी पि्रयंकाले लोकतन्त्र बचाउने पक्षमा आफूले मतदान गरेको प्रतिक्रिया दिइन् । प्रकाशित : वैशाख ३०, २०७६ ०८:४९

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अस्ट्रेलियामा चुनावअघि उम्मेदवारको राजीनामा

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियामा सातापछि हुन गइरहेको आमनिर्वाचनमा उम्मेदवार बनेका विभिन्न ७ उम्मेदवारले निर्वाचनअगावै राजीनामा दिएका छन् । सामाजिक सञ्जालमा अस्ट्रेलियाली समाजको मूल्यमान्यताविरुद्ध आफ्नो विचार राखेकै आधारमा अधिकांश उम्मेदवारले सांसद बन्न सक्ने अवसर गुमाएका हुन् । 

स्थानीय सञ्चार माध्यमहरूका अनुसार निर्वाचनमा पार्टीबाट उम्मेदवार बनेर पनि आखिरी समयमा नाम फिर्ता लिनेमा सत्तारूढ लिबरल पार्टीका ४ उम्मेदवार छन् भने विपक्षी दल लेबरका दुई उम्मेदवारले राजीनामा दिएका छन् । यसैगरी तेस्रो ठूलो दल मानिने गि्रन्सका उम्मेदवारले समेत राजीनामा दिएका छन् ।

पछिल्लो समयमा राजीनामा दिनेमा भिक्टोरियाको मेलबर्नस्थित स्कलिन निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका गुरपाल सिंह छन् । उनलेआफ्नो श्रीमान्बाट शारीरिक शोषण र अत्याचार भएको गुनासो गर्ने महिलाको विपक्षमा सामाजिक सञ्जालमार्फत आफ्नो विचार व्यक्त गरेका थिए ।

अस्ट्रेलियामा यही महिनाको १८ तारिखमा आमनिर्वाचन हुन गइरहेको छ । अहिलेसम्मको विभिन्न सर्वेक्षणमा कडा प्रतिस्पर्धा हुने देखिइरहेको भए पनि विपक्षी दल लेबरले जित्न सक्ने अनुमान गरिएको छ । यही समयमा सत्तारूढ र विपक्षी दलहरूले विवादास्पद अभिव्यक्ति दिएका उम्मेदवारहरू फिर्ता लिनु परिरहेको छ ।

लिबरलका उम्मेदवार पिटर किलिनले समलिंगीहरूलाई पार्टीको नेतृत्व तह तथा निर्वाचनमा उम्मेदवार हुन रोक्नुपर्ने सामाजिक सञ्जालमा विचार व्यक्त गरेपछि उम्मेदवारीबाट हट्नुपरेको छ भने सोही पार्टीका अर्का उम्मेदवार जेरेमी हर्नले मुस्लिमविरोधी कमेन्ट गरेकै कारण उम्मेदवारी छोड्नुपरेको हो ।

समाचार माध्यहरूले उल्लेख गरेअनुसार विपक्षी दल लेबरबाट मेलबर्नमा उम्मेदवार बनेर राजीनामा दिनुपरेका लुक क्रिसीले बलात्कार, समलिंगीका बारेमा ठट्टा गरेको विचार समाजिक सञ्जालमा व्यक्त गरेका थिए भने गि्रन्सका मेलबर्नस्थित ललोर निर्वाचन क्षेत्रका उम्मेदवार जे डेस्सीले समेत सामाजिक सञ्जालमा अभद्र पोस्ट गरेका कारण उम्मेदवारी त्यागेका हुन् ।

अस्ट्रेलियाको मन्त्रीस्तरीय सुझाव समितिमा रहेर काम गरिसकेका महेन्द्र लम्साल समाजको भावनालाई कदर नगर्ने किसिमका कुरा सार्वजनिक भएपछि पार्टीलाई नै आफ्नो उम्मेदवारलाई हटाउन नैतिक दबाब पर्ने सुनाउँछन् । 'अहिलेको यहाँको निर्वाचन एकदमै कडा प्रतिस्पर्धाको छ, सञ्चार तथा नागरिक समाजहरूको दबाबलाई थेग्न नसकेर विवादास्पद अभिव्यक्ति दिने उम्मेदवारहरूलाई हटाइएको वा राजीनामा दिन लगाइएको हो ।' उनका अनुसार अहिले राजीनामा दिनुपरेका प्रायः सबै उम्मेदवारले विगतमा सामाजिक सञ्जालमा व्यक्त गरेका विचारका कारण समस्यामा परेका हुन् ।

प्रकाशित : वैशाख ३०, २०७६ ०८:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×