कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

मानिसकै कारण १० लाख प्रजाति संकटमा 

एपी

पेरिस — मानिसका विभिन्न क्रियाकलापका कारण मानव इतिहासकै बढी अर्थात् १० लाखभन्दा बढी प्रजातिका जीवजन्तु तथा रूखविरुवा संकटमा परेका छन् । तर तत्काल कदम चालेको खण्डमा संकटमा परेका त्यस्ता प्रजातिको सरक्षण गर्न सकिने जलवायु विविधतासम्बन्धी सोमबार सार्वजनिक संयुक्त राष्ट्रसंघीय विस्तृत प्रतिवेदनले उल्लेख गरेको छ । 

मानिसकै कारण १० लाख प्रजाति संकटमा 

'हामीले नाटकीय रूपमा ग्रहमा जीवनको पुनर्निर्माण गरेका छौं,' अमेरिकाको इन्डियाना विश्वविद्यालयका एडुआर्डो ब्रोन्डिजियोले पत्रकार सम्मेलनमा भने । उनले प्रजातिहरूको संकट विगतमा भन्दा दसौं वा सयौं गुणासम्म बढेको बताए । ब्रोन्डिजियोका अनुसार पृथ्वीमा रहेका ५ लाखभन्दा बढी प्रजातिहरूले आफ्नो जीविकाका लागि बासस्थान बनाउन पर्याप्त जमिन पाएका छैनन् ।


'मानिसले अञ्जानमै पृथ्वी र आफ्नो भविष्यको नै घाँटी थिचिरहेका छन्,' जर्ज मासन विश्वविद्यालयका जीवविज्ञ थोमस लभजोयले भने । उनले पृथ्वीको जैविक विविधता क्रमशः विनाश भइरहेको बताउँदै यसलाई जोगाउने हामीसँग अन्तिम विकल्प भएको दाबी गरे ।


एक हजार पृष्ठभन्दा लामो प्रतिवेदन सार्वजनिक गर्न संसारका संरक्षण वैज्ञानिकहरू पेरिसमा भेला भएका थिए । इन्टर गभर्नमेन्टल साइन्स पोलिसी प्ल्याटर्फम अन बायोडाइभर्सिटी एन्ड इकोसिस्टक सर्भिसेज (आईपीबीईएस) का लागि ४ सय ५० अनुसन्धानका आधारमा प्रतिवेनद तयार पारिएको हो । प्रतिवेन १०९ देशका प्रतिनिधिले पारित गर्नुपर्नेछ ।


प्रतिवेदनमा उल्लेख नतिजाले जीवजन्तु वा रुखबिरुवा जोगाउनुपर्ने मात्र नभई मानिसको जीवनयापनका लागि आवश्यक पर्ने अन्य वस्तुको संरक्षण गर्नसमेत सुझाव दिएको छ । 'हाम्रा लागि वास्तवमा खाद्यान्न तथा पानीको सुरक्षा, मानव स्वास्थ्य लगायतका संकट बढिरहेका छन्,' बेलायती वैज्ञानिक रोबर्ट वाट्सनले भने ।


प्रतिवेदनले मानिसका कार्यले ५० वर्षयताकै गहिरो संकट निम्तिएको हो । सन् १९७० को तुलनामा संसारको जनसंख्या हाल दोब्बर भएको छ भने विश्व अर्थतन्त्र ४ गुणा बढेको छ । त्यसैगरी अन्तर्राष्ट्रिय व्यापार १० गुणाले बढेको छ ।


हाल विश्वमा रहेका मानिसका लागि खाद्यान्न, लत्ताकपडा र उर्जाको व्यवस्था गर्न जंगल तीव्र रूपमा फँडानी गरिएको छ । सन् १९८० र २००० बीचमा दक्षिण अमेरिका र दक्षिण-पूर्वी एसियामा १० करोड हेक्टर जंगल फाँडिएको छ ।


त्यसैगरी, सीमसार क्षेत्र हाल १३ प्रतिशतमा सीमित भएको छ भने सहरीकरण सन् १९९२ को तुलनामा दोब्बर वृद्धि भएको छ । प्रतिवेदनअनुसार मानिसका यी सब क्रियाकलापका अनुसार विभिन्न प्रजाति विगतको तुलनामा ठूलो संकटमा परेका हुन् । विश्वव्यापी मूल्यांकनअनुसार २५ प्रतिशत जीवजन्तु र रुखबिरुवा जोखिममा छन् । सन् २०१४ मा ३ प्रतिशत समुद्र मात्र मानव दबाबमुक्त छ । माछा हालसम्मकै जोखिमको अवस्थामा छन् भने प्रदूषण तीव्र रूपमा बढिरहेको छ ।


यस्तो क्रम कम्तीमा सन् २०५० सम्मै जारी रहने अनुमान प्रतिवेदनले गरेको छ । प्रतिवेदनमा सरकारहरूले के गर्ने भन्ने प्रस्ट उल्लेख नगरिए पनि जैविक विविधतामाथि नकारात्मक प्रभाव पार्ने कार्य नगर्न संकेत दिएको छ । त्यसका लागि सरकारले मात्र नभई व्यक्तिले पनि जैविक विविधताप्रति सचेत हुनुपर्ने प्रतिवेदनले सुझाएको छ ।

प्रकाशित : वैशाख २४, २०७६ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?