कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

फानीले बंगलादेशमा १० को मृत्यु

एजेन्सी

ढाका — बंगलाको खाडीमा केही दिनअघि सक्रिय समुद्री आँधीका कारण बंगलादेशमा शनिबार १० को मृत्यु भएको छ । बंगलादेशको विपद व्यवस्थापन मन्त्री महताब उद्दिनका अुनसार आँधीका कारण कम्तीमा ६३ घाइते छन् । 

फानीले बंगलादेशमा १० को मृत्यु

स्थानीय सञ्चारमाध्यमहरुले मृत्यु हुनेको संख्या करिब १० पुगेको जनाए पनि मन्त्री उद्दिनले ६ जनाको मृत्युको पुष्टि गरे । उनका अनुसार आँधीले हजार घर क्षतिग्रस्त छन् ।


बंगलादेशी अधिकारीले फानीका कारण घरहरुमा क्षति पुगेको, रुखहरु ढलेका, विद्युत् सेवा अवरुद्ध भएको र रेल, सडक तथा हवाई सेवामा असर परेको बताएका छन् । टेलिभिजनहरुले तटीय क्षेत्रहरुमा आएको बाढीका कारण जलमग्न भएको दृश्य देखाएका छन् । अधिकारीहरुले दसौं हजार मानिसलाई सुरक्षित स्थलमा पुर्‍याएका छन् ।


बंगलादेशी जलवायु विज्ञान विभागका निर्देशक समसुद्दिन अहमदले फानीको बेग निकै मत्थर भइसकेको बताए । सन् २००९ मा आइला आँधीका कारण बंगलादेशको दक्षिणपश्चिम क्षेत्रमा १ सय ७९ को ज्यान गएको थियो । ३० लाखभन्दा बढी मानिस प्रभावित भएका थिए ।


प्रकाशित : वैशाख २१, २०७६ २१:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?