जापानी राजाद्वारा गद्दी त्याग 

‘हेइसी’ युगको अन्त्य
कान्तिपुर संवाददाता

काठमाडौँ — जापानी राजा आकिहितोले मंगलबार राजगद्दी त्यागेका छन् । गद्दी त्यागसँगै हाल जापानमा चलिरहेको ‘हेइसी’युगको अन्त्य भएको घोषणा पनि गरिएको छ  । 

ZenTravel

तीन दशकसम्म चलेको हेइसी युग राजा आकिहितोले गद्दी त्यागसँगै अन्त्य भएको हो । विश्वमा नै पूरानो राजतन्त्रको रुपमा रहेको जापानको यस राजतन्त्रमा यस प्रकार गद्दी त्याग गरिएको यो २ सय वर्ष यताको नै पहिलो घटना हो ।

Meroghar


गद्दीत्याग गर्ने क्रममा जापानी राजा आकिहितोले जापान र विश्वका सबै जनताको शान्ति र खुशीको कामना गरेका छन् ।

बुधबारबाट जापानका युवराज नारुहितोले जापानी राजसिंहासन सम्हाल्नेछन् । त्यसदिन जापानमा नयाँ शाही युगको शुरुवात हुनेछ । यो युगको नाम ‘रेईवा’ दिइएको छ । जापानमा सम्राट अनुसार युगको नामकरण गरिन्छ ।

८५ वर्षीय आकिहितोले केही वर्ष अगाडीदेखि नै आफ्नो स्वास्थ्यको कारण राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न असमर्थ भएको जनाएपछि उनले गद्दी त्याग्ने वैधानिक अनुमति पाएका थिए ।

प्रकाशित : वैशाख १७, २०७६ १७:४०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मकालुमा यतीको पाइला भेटिएको भारतीय सेनाको दाबी 

महानिर्देशक खड्का भन्छन्, 'भारतीयले बढी होहल्ला गर्छन्, त्यो हिमाली भालुको पाइला हुन सक्छ' 
अब्दुल्लाह मियाँ

काठमाडौँ — भारतीय सेनाको आरोहण टोलीले मकालु बरुण निकुञ्जमा हिमाली मानव यतीको पाइला भेटिएको दाबी गर्दै प्रचार गरिरहे पनि निकुञ्जका अधिकारीहरुले भने सिधै अस्वीकार गरेका छन् । 'भारतीहरुले बढी होहल्ला गर्छन्', राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खडकाले कान्तिपुरसित भने, 'यतीको हकमा पनि त्यही हुन सक्छ । उनीहरुले यतिको पाइला भनी प्रचार गरेको तस्बिरलाई हाम्रा विज्ञहरुले भालुको पाइला हुनसक्ने बताएका छन् ।' 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चीफ वार्डेन) चन्द्रशेखर चौधरीले पनि भारतीय सेनाको दाबीलाई अस्विकार गरेका छन्। 'उहाँहरुले के आधारमा भन्नुभएको हो मलाई केही थाहा छैन' चौधरीले खड्कासँग भनेका थिए, 'टोली फर्केपछि कुरा गर्नुपर्ला।' टोली मकालु बरुणबाट फर्कने क्रममै छ।

भारतीय सेनाको आरोहण टोलीले ९ अपि्रलमा मकालु बेसक्याम्पमा पहिलो पटक ३२*१५ इन्चको रहस्यमयी यतीको पाइला भेटिएको भन्दै इन्डियन आर्मीको ट्वीटर ह्याण्डलबाट ट्वीट गरेको थियो। ट्वीटपछि यसलाई विश्वभर चासोका साथ हेरिएको छ भने बीबीसी, सीएनएनलगायत अन्तराष्ट्रिय मिडियालेसमेत समाचार बनाएका छन्।


महानिर्देशक खडकाका अनुसार भारतीय सेनाको टोलीसंग नेपाली सेनासमेत संगै थिए। सर्वसाधारणले गर्ने आरोहण टोलीमा निकुञ्जका कर्मचारी संगै रहने भए पनि सेनासंग सेनाकै टोली रहन्छन्। '

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले यसबारे नेपाली सेनासंग सोधपुछ गरिरहेको बताए। 'उताबाट जानकारी आएपछि के रहेछ विस्तृत भनौंला' उनले भने।

प्रकाशित : वैशाख १७, २०७६ १५:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×