कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भारतमा दोस्रो चरणको निर्वाचन हुँदै, पूर्व प्रधानमन्त्रीदेखि केन्द्रीय मन्त्रीको राजनीति दाउ

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतमा जारी १७ औं लोकसभाअन्तर्गत बिहीबार दोस्रो चरणको निर्वाचन सुरु भएको छ । आज १२ वटा राज्यका ९५ लोकसभा क्षेत्रमा चुनाव हुँदैछ ।

भारतमा दोस्रो चरणको निर्वाचन हुँदै, पूर्व प्रधानमन्त्रीदेखि केन्द्रीय मन्त्रीको राजनीति दाउ

आजको चुनावमा पूर्व प्रधानमन्त्री एचडी देवगौडा, केन्द्रीय मन्त्रीहरु जुअल ओरमलगायतका १६ सय भन्दाबढी उम्मेद्वारको राजनीतिक दाउमा छ । ११ अप्रिलमा पहिलो चरणसँगै सुरु भएको चुनाव १९ मेमा सातौं चरणमा सम्पन्न हुने छ । २३ मेमा मतगणना हुने कार्यक्रम छ ।


दोस्रोचरण अन्तर्गत नै पश्चिम बंगालका नेपाली भाषीहरुको बहुल क्षेत्र दार्जिलिङमा पनि मतदान हुँदैछ । दार्जीलिङमा यसअघिका चुनावमा बेग्लै गोर्खाल्याण्ड राज्यको माग प्रमुख मुद्दा बन्ने गरेकोमा यसपटक भने जनजातिका मुद्दाले राजनीतिक दलहरुले प्राथमिकतामा राखेका छन् ।


यसपटकको चुनावमा भारतीय जनता पार्टी नेतृत्वको सत्तारुढ गठबन्धन संयुक्त लोकतान्त्रिक गठबन्धन (एनडीए) र भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (युपिए) बीच तीब्र प्रतिस्पर्धा छ । राजनीतिक विश्लेषकहरुले यो चुनाव सन् २०१४ मा ऐतिहासिक बहुमतसहित सरकारको नेतृत्व सम्हालेको प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको परीक्षा समेत भनेका छन् ।


रोजगारी र किसानको समस्यालाई सम्बोधन नगरेको र चर्को राष्ट्रवादलाई बढावा दिएको भन्दै मोदी सरकारको आलोचना हुँदै आएको छ । त्यसैगरी नागरिक समाज, स्वतन्त्र सञ्चारमाध्यम र विपक्षीहरुप्रति असहिष्णु भएको आरोप समेत उसले खेप्नु परेको छ ।


तर, गठबन्धन दललहरुसँगको राम्रो तालमेल र एक महिना कश्मिरको पुलवापछि बनेको मोदीको राष्ट्रवादी छवी र चलेको राष्ट्रिय सुरक्षासम्बन्धी हावाका कारण विपक्षी युपिएको तुलनामा एनडीए गठबन्धन बलियो स्थिति रहेको देखिन्छ । प्रारम्भिक मत सर्वेक्षणहरुले पनि एनडीएले अर्को पाँच वर्षका लागि सत्ताको नेतृत्व गर्ने भविष्यवाणी गरेका छन् ।

प्रकाशित : वैशाख ५, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?