कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

अमेरिकामा २८० गैरकानुनी आप्रवासी पक्राउ 

एपी

डालस — अमेरिकी आप्रवासन अधिकारीहरुले टेक्सास राज्यको एक प्रविधि कम्पनीमा कार्यरत २८० भन्दा बढी कर्मचारी पक्राउ गरेका छन् । अमेरिकी आप्रवासन तथा भन्सार कार्यालयका अनुसार संघीय जाँच अधिकारीका अनुसार उनीहरु गैरकानुनी रूपमा अमेरिकामा बस्दै आएका आप्रवासी हुन् ।

अमेरिकी इतिहासमा टेक्सासको कुनै कम्पनीबाट यति ठूलो संख्यामा कामदार पक्राउ गरिएको यो पहिलो घटना हो ।


अमेरिकी आप्रवासन तथा भन्सार कार्यालयका अनुसार संघीय जाँच एजेन्टहरुले बुधबार टेक्सासस्थित सीभीई टेक्नोलजी ग्रुपमा कार्यरत २८० कर्मचारीलाई पक्राउ गरेका हुन् । यो कम्पनी डालसबाट करिब २४ किलोमिटर उत्तरपूर्वको कोलिन काउन्टीमा छ ।


एजेन्सीले 'गैरकानुनी रूपमा अमेरिकामा बसोबास गरिरहेका व्यक्ति कम्पनीमा कार्यरत रहेको' दाबी गरेको छ । तर पक्राउ परेका व्यक्तिबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन । एजेन्सीले गैरकानुनी रूपमा अमेरिकामा बसोबास गरिरहेका व्यक्तिलाई काममा लगाएको सूचनाका आधारमा छापा मारेको जनाएको छ ।


सीभीईमा कार्यरत येसेनिया पोन्सले कामदारको धरपकड निकै कहालीलाग्दो रहेको जनाइन् । 'यो निकै डरलाग्दो थियो,' उनले भनिन्, 'हामीले सधैंझैं काम गरिरहेका थियौं । अकस्मात् कोही चिच्याएको सुनियो । हामी बाहिर निस्केर हेर्दा एक अधिकारीले मैले भनेअनुसार गर भनिरहेका थिए ।' उनका अनुसार सहकर्मीलाई पक्राउको विरोधमा प्रदर्शनसमेत गरिएको छ ।


नियन्त्रणमा लिइएकाहरुसँग सुरुमा अमेरिकी आप्रवासन तथा भन्सार कार्यालयका अधिकारीले सोधपुछपछि 'मानवीय अवस्था' बारे रिपोर्ट तयार गरिनेछ । त्यसका आधारमा आप्रवासन तथा भन्सार कार्यालयले उनीहरुमध्ये कसलाई हिरासतमा राख्ने वा कसलाई मानवीयताका आधारमा छाड्ने भन्ने तय गर्नेछन् ।


यद्यपि, कार्यालयद्वारा जारी विज्ञप्तिमा 'पक्राउ परेका गैरकानुनी आप्रवासीको औँठाछाप लिई अमेरिकाबाट फिर्ता गर्न प्रक्रिया सुरु गरिनेछ ।' अमेरिकाको आयोवा राज्यबाट सन् २००८ मा ४ सय कामदारलाई आवश्यक कागजातबिना नै काममा लगाइएको भन्दै पक्राउ गरिएको थियो ।


डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएयता आप्रवासीप्रति कडा नीति अख्तियार गर्दै आएका छन् । मेक्सिको सीमाक्षेत्रबाट 'आप्रवासीको लस्कर अमेरिका प्रवेश गरेको' भन्दै ट्रम्पले पर्खाल लगाउने बताउँदै आएका छन् । तर अमेरिकी संसदले पर्खाल बनाउने माग गरेको बजेट अस्वीकृत गरिदिएपछि ट्रम्पले आपत्कालीन अवस्था घोषणा गरेका छन् ।


उक्त घोषणासँगै अमेरिकी रक्षा मन्त्रालयले प्रतिरक्षा बजेटबाट सीमा पर्खालका लागि एक अर्ब डलर छुट्टयाइसकेको छ । अमेरिकी रक्षा मन्त्रालयले उक्त रकम सैनिक इन्जिनियरका लागि व्यवस्था गरिएको जनाएका छन् । मन्त्रालयका अनुसार उक्त रकम करिब ९१ किलोमिटर सीमामा तारजाली लगाउनका लागि खर्च गरिनेछ ।


विपक्षी दल डमोक्रयाटले भने ट्रम्पको विवादास्पद निर्णयको विरोध जनाउँदै आएको छ । दलले राष्ट्रपतिले संवैधानिक प्रावधानलाई दुरुपयोग गरी विशेषाधिकार -भिटो) प्रयोग गरेको भन्दै मुद्दासमेत दायर गरिसकेको छ ।

ट्रम्पले पर्खाल बनाउन यस वर्ष करिब ५.७ अर्ब डलर माग गरेका थिए । तर अमेरिकी संसदले राष्ट्रपतिको उक्त प्रस्ताव अस्वीकार गरेपछि उनले आपत्कालीन स्थिति घोषणा गरेका हुन् । आपत्कालीन अवस्था घोषणा गरेपछि राष्ट्रपतिले सैनिक कोषको बजेट सिधै अन्य प्रयोजनमा खर्चन पाउने प्रावधान छ ।

प्रकाशित : चैत्र २१, २०७५ २१:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?