२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

अस्ट्रेलियाद्वारा नेपाललाई दिने सहयोग रकम कटौती

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाले नेपाललाई दिँदै आएको सहयोग रकम कटौती गरेको छ । अस्ट्रेलियाली सरकारले घोषणा गरेको सहयोग रकम गतवर्षको भन्दा करिब ९ मिलियन डलर कम रहेको छ । यस वर्ष अस्टेलियाले नेपाललाई २२ दशमलव ५ मिलियन डलर करिब १ अर्ब ७१ करोड रुपैयाँ सहयोग दिने घोषणा गरेको छ ।

अस्ट्रेलियाद्वारा नेपाललाई दिने सहयोग रकम कटौती

अस्ट्रेलियाका ट्रेजरर जोस फ्याडनबर्गले अस्ट्रेलियाली संसद्मा यसवर्षको बजेट सार्वजनिक गर्दै वैदेशिक सहायता अन्तरगत दिइने सहयोगमा कटौती गरिएको हो ।


अस्ट्रेलियाले अहिलेसम्म नेपाललाई वैदेशिक सहायता कम गरेको थिएन । पहिलोपटक सहयोग रकम कम गरिएपछि क्यानबेरास्थित नेपाली दूतावासले सहयोग रकम कम गरिएको बारेमा दक्षिण एसियाली मामिला हेर्ने निकायमा बुधवार गएर यसबारेमा गुनासो पोखेको छ ।


कार्यवाहक राजदूत द्रुपदा सापकोटाले उक्त निकायमा गएर सहयोग रकम कम गर्नुको बारेमा चासो व्यक्त गरेकी थिइन् । ‘हामीले सम्बन्धित निकायका प्रमुखसँग नेपाललाई दिइने सहयोग किन कम गरियो भन्ने बारेमा चासो व्यक्त गरेका छौँ । कार्यवाहक राजदूत सापकोटाले कान्तिपुरसँग भनिन्, ‘ यसबारेमा उक्त निकायका उच्च अधिकारीहरूले समेत यसबारेमा जानकारी लिने प्रतिबद्धता जनाएका छन् ।’


जारी बजेटका अनुसार अस्ट्रेलियाले नेपाललाई सङ्घीय संरचनामा गइसकेको अवस्थामा यसको विकास र सङ्घीय राज्य संरचनाको लागि नागरिकहरूको अधिकारका लागि सहयोग पुर्‍याउने घोषणा गरेको छ ।

प्रकाशित : चैत्र २०, २०७५ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?