३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

न्युजिल्यान्डमा स्वचालित हतियार बन्देज

प्रधानमन्त्री जेसिन्डा आर्डर्न
एएफपी

वेलिङ्टन — न्युजिल्यान्ड सरकारले सबै प्रकारका अर्ध–स्वचालित हतियार तथा राइफल राख्न प्रतिबन्ध लगाएको छ  । क्राइस्टचर्च मस्जिदमा प्रार्थनाका लागि भेला भएकाध्ये ५० को सामूहिक हत्या भएपछि सरकारले नयाँ नियम घोषणा गरेको हो  ।

न्युजिल्यान्डमा स्वचालित हतियार बन्देज

प्रधानमन्त्री जेसिन्डा आर्डर्नले घातक राइफल र अर्ध–स्वचालित हातहतियारको प्रयोगमा तत्काल लागू हुने गरी बन्देज लगाइएको जनाइन् । उनले भनिन्, ‘हाम्रो इतिहास सदाका लागि परिवर्तन भएको छ । अब हाम्रो कानुन पनि ।’

ऊनले, ‘शुक्रबारको आतंककारी आत्रमणमा प्रयोग गरिएजस्ता हरेक अर्ध–स्वचालित हतियारमाथि यस मुलुकमा प्रतिबन्ध लगाइएको छ ।’ उनले उच्च क्षमतायुक्त म्याग्जिन र डिभाइसको प्रयोगमा पनि बन्देज लगाइएको बताइन् ।

यी म्याग्जिन र डिभाइसको मद्दतले उच्च गतिमा गोली प्रहार गर्न सकिन्छ । यसअघि प्रधानमन्त्री आर्डर्नले सत्तारुढ गठबन्धनका नेता तथा उपप्रधानमन्त्रीको सहमतिमा स्वचालित हतियार प्रतिबन्ध लगाउने निर्णय झएको बताएकी थिइन् ।

क्राइस्टचर्चका दुई मस्जिदमा शुत्रबार एक अस्ट्रेलियाली नागरिकले गरेको आक्रमणपछि न्युजिल्यान्डमा बन्दुकसम्बन्धी कानुनमा कडाइ गर्नुपर्ने आवाज उठेको थियो । २८ वर्षीय ब्रेन्टन हृयारिस टारन्टले आक्रमणमा अर्धस्वचालित सैनिक एसल्ट हतियारको प्रयोग गरेका थिए ।

आक्रमणकारीसँग भएका ५ मध्ये १ बन्दुक स्वचालित भएको अधिकारीले बताएका थिए । न्युजिल्यान्डमा हाल निजी क्षेत्रबाट उत्पादित करिब १५ लाख हतियार रहेका छन् ।

प्रकाशित : चैत्र ८, २०७५ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?