मजदुरका खुट्टा धोए मोदीले (भिडियोसहित)

कान्तिपुर संवाददाता

काठमाडौँ — के सफाइ गर्ने मजदुरको खुट्टा मिचिमिची कसैले धोइदेला ? कामदारको खुट्टा धोइदिनेहरु बिरलै होलान् । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार कुम्भमेलामा सफाइ मजदुरहरुको खुट्टा धोइदिएका छन् । 

मजदुरका खुट्टा धोए मोदीले (भिडियोसहित)

'स्वच्छ कुम्भ स्वच्छ आभार' कार्यक्रममा उनले सरसफाइ कर्मचारीहरुलाई सम्मान गरेका हुन् । खानेपानी तथा सरसफाइ मन्त्रालयले गरेको कार्यक्रममा मोदीले दुई जना महिलासहित ५ जनाको खुट्टा धोएका थिए । मोदीले खुट्टा धोए, त्यसपछि पुछे, ढोगे अनि खादा ‌ओढाइदिएका थिए ।


भारतीय जनताले पार्टीले मोदीले सफाइ कर्मचारीहरुको खुट्टा धोएको भिडियो ट्विटरमा हालेर प्रचार गरेको छ । मोदीले नजिकिँदै गरेको आम निर्वाचनलाई लक्षित गरी उक्त कार्य गरेको बुझिएको छ ।


भिडियोः

प्रधानमंत्री श्री @narendramodi ने प्रयागराज कुम्भ में स्वच्छाग्रहियों के सम्मान में उनके चरण धोए। pic.twitter.com/x39u8JgyVe

— BJP (@BJP4India) February 24, 2019 " data-mce-href="https://urpanel.kantipurdaily.com/kantipur/news/edit/ ">

प्रकाशित : फाल्गुन १२, २०७५ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?