कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

किम रेल चढेर भियतनाम जाने 

एजेन्सी

सोल — उत्तर कोरियाली नेता किम जोङ उन अमेरिकी राष्ट्रपति ड्रोनाल्ड ट्रम्पसँगको दोस्रो शिखर सम्मेलनका लागि रेल चढेर भियतनाम जाने भएका छन् । 

किम रेल चढेर भियतनाम जाने 

अन्तर्राष्टिय सञ्चारमाध्यमका अनुसार किमलाई भियतनामा पुग्न कम्तीमा दुई दिनभन्दा बढी लाग्नेछ । ट्रम्प र किमबीचको दोस्रो सम्मेलन यही फेब्रुअरी २७ र २८ मा भियतनामको राजधानी हनोईमा हुँदै छ ।


उत्तर कोरियाली राजधानी प्योङयाङबाट हनाई ३ हजार किलोमिटरभन्दा बढी छ । यद्यपि, उत्तर कोरियाले आफ्ना नेताको भ्रमणबारे कुनै जानकारी सार्वजनिक गरेको छैन । उनको भ्रमणबारे सूचना प्रायः गोप्य राख्ने गरिएको छ ।


यद्यपि, समाचार स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार किमले आगामी सोमबार सुरुवातमा आफ्नो यात्रा सुरु गर्नेछन् । किम रेलबाट दानडोङ सीमा हुँदै चीनको बाटो भियतनाम प्रवेश गर्नेछन् ।


जापानी तथा दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार किम हरियो र पहेंलो रंगको रेल चढेर भियतनामको सीमाक्षेत्रको सहर दोङ दाङ पुग्नेछन् । त्यहाँबाट पुग्न १७० किलोमिटर टाढाको वार्तास्थलसम्म पुग्न किमले कार चढ्ने जनाइएको छ ।


किमलाई आफ्नो रेल चढेर उत्तर कोरियाली राजधानी प्योङयाङबाट बेइजिङ पुग्न लगभग २४ घण्टा लाग्नेछ । बेइजिङबाट हनोई पुग्न किमको रेललाई करिब दुई दिन लाग्नेछ । उनको रेल बढीमा १६० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्ने बताइएको छ ।

प्रकाशित : फाल्गुन १०, २०७५ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?