कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

थाइल्यान्डकी राजकुमारी चुनावी दौडमा

काठमाडौँ — राजकीय थाइ परम्परा तोड्दै थाइल्यान्डकी राजकुमारी उबोलरत्ना राजकन्या चुनावी प्रतिस्पर्धामा उत्रने भएकी छन् । आगामी मार्च २४ का लागि तय भएको आम निर्वाचनमा उनले उम्मेदवारी दिने घोषणा गरेकी हुन् । 

थाइल्यान्डकी राजकुमारी चुनावी दौडमा

६७ वर्षीया राजकुमारी माहिडोलले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको पार्टीबाट चुनावी मैदानमा प्रतिस्पर्धा गर्दैछिन् । ५ वर्षदेखिको सैन्य शासनलाई यो निर्वाचनले प्रतिस्थापन गर्ने अनुमान विश्वले गरेको छ ।


सन् १९५१मा जन्मिएकी राजकुमारी उबोलरत्ना थाइल्यान्डका पूर्वराजा भूमिबोल अदुल्यादेजको छोरी हुन् । सन् १९७२ मा एक अमेरिकी नगरिकसँग विवाह गरेपछि उनले राजकीय पद त्यागेकी थिइन् ।

डिभोर्सपछि उनी पुनः थाइल्यान्डमा फर्किइन् । थाइलेन्डमा उनी सामाजिक सञ्जाल र थाइ चलचित्रहरुमा काम गर्न थालिन् । राजकुमारी उबोलरत्नाको तीन सन्तानमध्ये एक जनाको सन् २००४ सुनामीका कारण मृत्यु भएको थियो । उनका अन्य दुई सन्तान अमेरिका मै बस्छन् । वर्तमान प्रधानमन्त्री प्रयुथ चान ओचा पनि चुनावी मैदानमा छन् ।

प्रकाशित : माघ २५, २०७५ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?