कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सरिफलाई सात वर्ष जेल सजाय

एएफपी

इस्लामवाद — पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई अदालतले सोमबार सात वर्षको जेल सजायको फैसला सुनाएको छ । 

सरिफलाई सात वर्ष जेल सजाय

भ्रष्टाचारसम्बन्धी मुद्दाका कारण यसअघि देखि नै थुनामा रहेका सरिफलाई अदालतले सोमबार अन्तिम फैसला गर्दै जेल सजाय तोकेको हो ।


फैसला पूर्व प्रधानमन्त्री शरीफको परिवारद्वारा मध्यपूर्वमा चलाएका व्यवसायबारे पानामा पेपर्समा आएका सूचनाहरूमाथिको अनुसन्धानपछि आएका बताइएको छ ।


पाकिस्तानमा तीन पटक प्रधानमन्त्री बनेका सरिफले भने आफूमाथि लागेका भ्रष्टाचारसम्बन्धी सबै आरोपहरूको खण्डन गरेका छन् । उनले पाकिस्तानमा प्राय हाबी हुने शक्तिशाली सुरक्षा निकायले पूर्वाग्रहपूर्वक आफूमाथि भ्रष्टाचारको मुद्दा लगाएको र यसको प्रभाव अदालतहरूमा समेत परेको आरोप लगाउँदै आएका छन् ।


सोमबारको फैसलामा राज्य शक्ति र स्रोतको दुरुपयोग गरेर मध्यपूर्वमा परिवारको तर्फबाट व्यापार गरेको र त्यसमा अनियमितता भएको भेटिएको उल्लेख छ ।


पाकिस्तानी राज्यद्वारा सञ्चालित टेलिभिजनले उनलाई अदालतले १५ लाख पाकिस्तानी रुपैयाँ जरिवाना समेत तोकेको समाचार प्रसारण गरेको छ ।


थुनामा रहेका सरिफलाई अब लाहोरस्थित जेलमा लगिने अधिकारीहरूले जनाएका छन् । फैसला सुनाइएपछि अदालतमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।


फैसलापछि शरीफ र उनको पार्टीका समर्थकहरूले अदालत विरुद्ध आक्रोश व्यक्त गरेका थिए भने उनीहरूलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो ।


शरिफको पार्टी पिएमएल—एनका नेता सहिद खाक्वान अब्बासीले अदालतको फैसलाका विरुद्धमा पुनरावेदन दिने बताए ।


अदालतले सरिफलाई आजीवन राजनीतिमा अयोग्य पनि घोषणा गरेको छ । भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्ने निकायहरूले सरिफका अन्य फरक फरक तीन मुद्दामा पनि अनुसन्धान गरिरहेका छन् ।


पाकिस्तानमा गत जुलाईमा भएको आम निर्वाचनका लागि लन्डनबाट पाकिस्तान फर्केका सरिफ सहित उनकी छोरी पक्राउ परेकी थिइन् ।

प्रकाशित : पुस ९, २०७५ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?