बेलायतको ग्याटवीक विमानस्थल बन्द गरिंदा दशौं हजार यात्रु प्रभावित

कान्तिपुर संवाददाता

काठमाडौँ — ड्रोन देखा परेपछि बेलयातको अत्याधिक यात्रुको चाप हुने विमानस्थल मध्येका एक बुधबार रातीदेखि अबरुद्ध हुँदा दशौं हजार प्रभावित भएका छन् । बीबीसीका अनुसार ग्याटवीक विमानस्थलको रनवे बुधबार रातीदेखि बन्द गरिएकोमा बिहीबारसम्म खुलेको छैन ।  

विमानस्थलले विहीवारको ७ सय ६० वटा उडानका एक लाख १० हजार यात्रु उड्नु पर्ने रहेको बताएको छ । विमान कम्पनीहरुले आफ्नो उडानको स्थित बुझेर मात्र विमानस्थल आउन भनेको छ । उक्त विमानस्थलमा आवतरणका लागि आएका विमानहरुलाई अन्यत्रै पठाइएको छ ।

प्रहरीले यसलाई आतंकवादी हमला नभएपनि 'नियतवस गरिएको अबरोध कार्य' भनेको छ । साथै ड्रोन सञ्चालकको खोजी गरिरहेको जनाएको छ ।

बुधबार राती विमानस्थलको परिसरबाट रनवेतर्फ दुई वटा ड्रोन उडेको देखेपछि विमानस्थल बन्द गरिएको थियो । राती ९ बजे बन्द गरिएको विमानस्थल विहीवार बिहान ३ बजे खोलिए पनि पुन: ड्रोन देखा परेपछि बन्द गरिएको बताइएको छ ।

प्रकाशित : पुस ५, २०७५ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्

देशलाई समृद्ध बनाउन अभियान नै चलाउनुपर्ने : दाहाल

कान्तिपुर संवाददाता

चितवन — नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले देशलाई समृद्ध बनाउन सामान्य भन्दा अभियानात्मक रूपले अघि बढ्नु पर्ने बताएका छन् । 

चितवन पारस नगरमा सहिद स्मृति माविमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनलेदेशलाई समृद्ध बनाउनका लागि अभियान नै सञ्चालन गरेर अघि बढ्नुपर्ने बताए ।

अध्यक्ष दाहालले भने,‘अहिले बसिरहेको हाम्रो पार्टीको स्थायी समिति बैठकमा दुई महिना तुरुन्तै अभियान चलाउने र देशभरि जनतालाई र पार्टीका नेता तथा कार्यकर्तालाई साथै अन्य राजनीतिक दलहरूलाई पनि समृद्धिको यात्रामा सँगसँगै सहभागी गराउने तिर योजना बनाउँदै छौँ ।’

उनले केही समयदेखि सामुदायिक विद्यालय खस्किँदै जाने, निजी र व्यापारिक विद्यालयहरू फस्टाउँदै जाने रोग लागेकोमा दुईचार वर्ष यता फेरि सामुदायिक विद्यालय पनि प्रतिस्पर्धामा आफूलाई खरो उर्ताने प्रक्रियामा आएको बताए ।

दाहालले भने,‘अहिले हाम्रो पार्टी र सरकारले निर्वाचनको बेला घोषणा पत्रमा भने बमोजिम सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने कुरा र विद्यालयको शिक्षा बेरोजगार पैदा गर्ने शिक्षा नहोस् भनेर प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकता दिँदै जाने प्रक्रियामा रहेका छौँ ।’

प्रकाशित : पुस ५, २०७५ १७:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्