कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

अमेरिकी लडाकु विमान जापानमा दुर्घटना

एपी

टोकियो — जापानको दक्षिण–पश्चिमी तटीय क्षेत्रमा दुई अमेरिकी लडाकु विमान बिहीबार आकाशमा जुधेर दुर्घटनाग्रस्त भएका छन् । 

अमेरिकी लडाकु विमान जापानमा दुर्घटना

सैनिक अधिकारीहरुले विमानमा सवार चालक दलका ७ मध्ये ५ जना हराइरहेको बताएका छन् । आकाशमा एक लडाकु विमानमा सैनिक विमानबाट तेल भर्ने क्रममा ठोकिएर दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् ।


अमेरिकी मरिन कप्र्सका अनुसार एफए–१८ लडाकु विमान र तेल बोकेर आएको केसी–१३० सैनिक विमान एकआपसमा ठोक्किएका थिए । पश्चिमी जापानको हिरोसिमानजिक इवाकुनीस्थित अमेरिकी सैनिक अखडाबाट तालिमको सिलसिलामा विमानहरु उडेलगत्तै दुर्घटनाग्रस्त भएको बताइएको छ ।


अमेरिकी सैनिक अधिकारीले दुर्घटना सैनिक अखडाबाट करिब ३ सय २० किलोमिटर टाढा प्रशान्त महासागरमा भएको थियो । तत्काल खोजी तथा उद्धारमा खटिएका सैनिकले चालक दलका दुई सदस्यलाई उद्धार गरेका थिए ।


दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीले जनाएका छन् । खोजी र उद्धारमा जापानी सैनिक विमान र पानीजहाज पनि परिचालन गरिएको जापानी सैनिक अधिकारीले बताए ।


पछिल्ला केही समयदेखि जापानी तटीय इलाकामा अमेरिकी लडाकु विमान र नौसैनिक जहाजहरुको दुर्घटना हुने क्रम बढेको छ । गत महिना पनि एउटा अमेरिकी नेभीको लडाकु विमान ओकिनावानजिक दुर्घटनाग्रस्त भएको थियो । गत अक्टोबरमा एउटा एमएच–६० सी–हक लडाकु विमान पनि फिलिपिनी सागरमा उड्नासाथ दुर्घटनाग्रस्त भएको थियो । जापान र अमेरिकाबीचको सुरक्षा सम्झौताबमोजिम जापानमा हाल ५० हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ छन् ।


प्रकाशित : मंसिर २०, २०७५ २१:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?