कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

भाइरल भएको बुशको यो कुकुर

काठमाडौँ — गत शुक्रबार अमेरिकाका ४१ औँ राष्ट्रपति जर्ज एचडब्लू बुशको ९४ वर्षको उमेरमा निधनपछि आइतबार सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल बन्यो । उक्त तस्बिर थियो, जर्ज बुशको बफादार कुकुर, सल्लीको ।

भाइरल भएको बुशको यो कुकुर

सल्ली नाम गरेको उक्त कुकुर बुशको निधनप्रति एकदम निराश देखिएको थियो ।

बुश परिवारका प्रवक्ता जिम म्याकग्रथले सार्वजनिक गरेको तस्बिरमा सल्ली बुशको पार्थिव शरिर राखिएको बाकसमुनि वियोगमा सुतिरहेको देखिन्छ । उनले तस्बिर सार्वजनिक गर्दै ‘मिसन कम्प्लिट’ लेखेका छन् ।


सल्लीलाई अमेरिकाको भेटडग्सले बुशका लागि गत जुनमा नियुक्त गरेको थियो । बुशले सल्लीलाई स्वागत गर्दै परिवारको नयाँ सदस्य भनेर चिनाएका थिए । सल्लीको उमेर दुई वर्ष रहेको छ । सल्ली भेटडग्सबाट तालिमप्राप्त कुकुर हो ।

सल्ली बुशको हेरचाह र रेखदेखमा २४ सै घण्टा खटिन्थ्यो । सल्ली गत नोभेम्बरमा भएको मध्यावधि चुनावका क्रममा बुशसँगै भोटिङ बुथमा पुगेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सल्लीले बुशका लागि सामान उठाइदिने, ढोका खेलिदिने र सहयोगीको रुपमा काम गर्थ्यो । पूर्व राष्ट्रपति बुश कुकुरलाई धेरै माया गर्थे । उनका दुई छोराहरु निल र डोर्थी बुशसँग पनि पाँच वटा कुकुर छन् ।


सल्ली ‘सर्भिस डग’ भएकाले उसलाई अर्को कामका लागि खटाइनेछ । उसको अबको काम घाइते र सैनिकहरुको सहयोगीका रुपमा काम गर्नेछ । उसलाई वाल्टर रिट राष्ट्रिय स्वास्थ्य सुरक्षा सेन्टरमा लगिने सञ्चारमाध्यमहरुले जनाएका छन् ।


वासिङ्टन पोष्टका अनुसार सल्लीको नाम अमेरिकी पाइलट च्यास्ले बीको नामबाट राखिएको हो । ‘सल्ली’ सलेनबेर्गर–३ ले सन् २००९ मा हुडसन खोलामा आपतकालीन् रुपमा प्लेन अवतरण गराएपछि चर्चामा आएका थिए ।

यो पनि पढ्नुहोस्ः

अमेरिकी पूर्व राष्ट्रपति बुशकाे निधन

प्रकाशित : मंसिर २०, २०७५ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?