न्यू क्यालेडोनियानजिकै ७.५ म्याग्नीच्यूडको भूकम्प

रासस/एपी

वेलिङ्गटन, न्यूजिल्याड — न्यू क्यालेडोनियानजिकै दक्षिण प्रशान्त महासागरमा बुधबार ७.५ म्याग्नीच्यूडको भूकम्प गएको छ । भूकम्पपछि नजिकै रहेको द्वीपहरुमा सुनामीको चेतावनी दिइएको सम्बन्धित आधिकारीहरुले जानकारी दिएका छन् । 

प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रअनुसार न्यू क्यालेडोनिया र भानुआटुका केही तटीय इलाकामा १ देखि ३ मिटरसम्मका अग्ला छालहरु आउने अनुमान गरिएको छ । फिजीमा समेत तीन मिटरसम्मको सामुद्रिक छाल आउन सक्ने अनुमान गरिएको छ । सुनामी चेतावनी केन्द्रले हवाईमा भने सुनामीको सूचना जारी गरेको छैन । यस शक्तिशाली भूकम्पपछि पाँच पटकसम्म ५.६ र ६.० को परकम्पन आएका थिए ।


अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)का अनुसार यस भूकम्पको केन्द्रविन्दु न्यू क्यालेडोनियाबाट १६८ किलोमिटर पूर्वी १० किलोमिटर गहिराईका रहेको छ । न्यू क्यालेडोनियामा बारम्बार भूकम्पको प्रकोपले सताउने देशहरुको सूचीमा पर्दछ ।

प्रकाशित : मंसिर १९, २०७५ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्

तीन वर्षको अवधिमा भारतमा रेलले किचेर ५० हजार जनाको मृत्यु

रासस/एपी

नयाँ दिल्ली — भारतमा सन् २०१५ देखि २०१८ सम्मको तीन वर्षको अवधिमा बाटो काट्ने क्रममा रेलले किचेर करिब ५० हजार जनाको मृत्यु भएको छ ।

रेलमार्गबाट बाटो काट्ने क्रममा तीन वर्षमै यति ठूलो संख्यामा नागरिकको मृत्यु भएको बताइएको हो । भारतीय रेलसेवाले मंगलबार सो तथ्यांक सार्वजनिक गरेको हो ।
भारतको पञ्जाबमा हालैमात्र यसरी नै रेलको लिकमा परेर ६१ जनाको ज्यान गएको थियो । सो दुर्घटनापछि भारतीय रेलसेवा कार्यालयले यो जानकारी गराएको हो ।

रेलमार्गको नजिकैबाट भारतीय हिन्दूहरुको चाड नवरात्रका अवसरमा लागेको मेला हेर्ने क्रममा अकस्मात रेल आएर किच्दा उनीहरुको मृत्यु भएको थियो । यस तीन वर्षमा ४९ हजार ७९० जनाको ज्यान गएको उक्त कार्यालयले जानकारी दिएको छ । भारतीय रेलसेवा कार्यालयले यस्तो दुर्घटना घटाउन कैयौँ कार्यक्रमहरु सञ्चालन गरिरहेको बताएको भए पनि मृत्यु भने नघटेको बताइएको छ ।

भारत विश्वमै सबैभन्दा ठूलो रेल सञ्जाल भएको देश हो । भारतमा दैनिक लाखौं व्यक्तिले रेलमार्गबाट यात्रा गरिरहेका हुन्छन् ।

प्रकाशित : कार्तिक ६, २०७५ १५:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×