१२ अर्ब डलर खर्चिएर टर्कीले बनायो विश्वकै सबैभन्दा ठूलो विमानस्थल [फोटोफिचर]

सीएनएन

काठमाडौँ — ट्रकीले आफ्नो ९५‌‍‍‍औँ स्थापना दिवसको अवसर पारेर विश्वकै सभैभन्दा ठूलो विमानस्थल आंशिक रुपमा सञ्चालनमा ल्याएको छ ।

ZenTravel


प्रकाशित : कार्तिक १४, २०७५ १२:३०

राष्ट्रपति टेयिप एर्डोगानले मुलुकको ९५ औँ स्थापना दिवसको अवसर पारेर गत सोमबार यो विमानस्थलको उद्घाटन गरेका हुन् ।

करिब १२ बिलियन(१२ अर्ब) डलरमा यो विमानस्थलन निर्माण सम्पन्न भएको सीएनएनले जनाएको छ । आगामी डिसेम्बरबाट पूर्ण रुपमा सञ्चालनमा आउने यो विमानस्थललाई निकट भविष्यमा विश्वकै सबैभन्दा व्यस्त विमानस्थल हुने विश्वास गरिएको छ ।

Meroghar

७ करोड ६५ लाख वर्ग मिटर क्षेत्रफलमा फैलिएको यो विमानस्थलबाट दैनिक दुई लाख यात्रुहरु आवातजावत गर्न सक्ने टर्किस अधिकारीहरुले बताएका छन् ।

विमानस्थलको टलिप आकारको कन्ट्रोल टावारले सन्-२०१६मा बर्लिनमा भएको विश्व अर्किटेक्चरल फेस्टिभलमा 'फ्यूचर प्रोजेक्ट-इन्फ्रास्ट्रकचर' पुरस्कार जितेको थियो ।

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

मलाला आक्रमणका नाइके मारिए 

सीएनएन

काबुल — अफगानिस्तानको उत्तर–पूर्वी प्रान्त कुनारमा अमेरिकी सेनाले गरेको आक्रमणमा एक वरिष्ठ तालिवान विद्रोही नेता मारिएका छन् ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार बुधबार अफगानिस्तास्थित अमेरिकी सेनाको ड्रोन आक्रमणमा मुल्लाह फजलुल्लाहको मृत्यु भएको हो । उनले मानव अधिकारवादी मलाला युसुफजाईमाथि सन् २०१२ मा भएको आक्रमणको नेतृत्व गरेका थिए ।

मलालाले मानवअधिकार तथा महिला शिक्षा क्षेत्रमा उल्लेखनीय कार्य गरेबापत सन् २०१४ को नोबेल पुरस्कार प्राप्त गरेकी थिइन् । अफगानिस्तास्थित अमेरिकी सेनाका प्रवक्ता लेफ्टीनेन्ट कर्नेल मार्टिन ओ डोनेलले मुल्लाह पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा गरिएको हमलामा मारिएको बताए ।

मलालामाथि स्वात्त उपत्यकामा भएको आक्रमणका समय मुल्लाहले पाकिस्तानी तालिवानको नेतृत्व गरेका थिए ।

प्रकाशित : असार १, २०७५ २०:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×