२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

नोर्धाउस, रोमरलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

रासस/एपी

स्टकहोम — अमेरिकी विश्वविद्यालयका दुईजना अनुसन्धानकर्तालाई सन् २०१८ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्तरुपमा प्रदान गर्ने घोषणा गरिएको छ । 

नोर्धाउस, रोमरलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

अमेरिकाको सुप्रसिद्ध येले विश्वविद्यालयका विलियम नोर्धाउसलाई जलवायू परिवर्तनलाई दीर्घकालीन समष्टीगत अर्थशास्त्रमा एकीकरण गर्नेसम्बन्धी अध्ययनका लागि तथा न्यूयोर्क विश्वविद्यालयका पल रोमरलाई प्रविधिगत नवीनतालाई समष्टीगत अर्थशास्त्रसँग जोडेर अध्ययन गरे बापत् उक्त पुरस्कार दिइएको हो ।


अर्थशास्त्रतर्फको नोबेल पुरस्कार घोषणासँगै यस वर्षको नोबेल पुरस्कार घोषणा सकिएको छ ।

प्रकाशित : आश्विन २२, २०७५ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?