कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

साढे १६ हजार अफगान शरणार्थी घर फर्के

सिन्हवा

काबुल — अफगानिस्तानका छिमेकी देशहरू पाकिस्तान र इरानबाट गत साता १६ हजार ६ सय ६३ अफगानी शरणार्थी घर फर्किएको संयुक्त राष्ट्रसंघीय बसाइँसराइ निकाय (आईओएम) ले बुधबार जनाएको छ ।

साढे १६ हजार अफगान शरणार्थी घर फर्के

पाकिस्तानबाट सरकारी कागजबिनाका ९ सय ६९ अफगान शरणार्थी अफगानिस्तान फर्किएका छन् । यो संख्या गत साताको तुलनामा वृद्धि भएको आईओएमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अघिल्लो साता कागजात नभएका ८ सय ९५ शरणार्थी पाकिस्तानबाट अफगानिस्तान फर्किएका थिए ।


यस्तै, गत साता १५ हजार ६ सय ६४ जना अफगान शरणार्थी इरानबाट फर्किएका आईओएमले जनाएको छ । गत साता इरानबाट फर्किएका अफगान शरणार्थीको तुलनामा हालको यो संख्या १० प्रतिशतले वृद्धि भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

हिंसात्मक द्वन्द्वका कारण अस्तव्यस्त रहेको अफगानिस्तानमा पाकिस्तान र इरानबाट जनवरी १ देखि हालसम्म ५ लाख ६१ हजार अफगान शरणार्थी घर फर्किएका छन् ।

प्रकाशित : आश्विन ४, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?