कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

अस्ट्रेलियामा स्ट्रबेरीभित्र सियो अातंक

६ राज्यमा स्ट्रबेरी अायात रोकियो
बीबीसी

काठमाडौँ — अस्ट्रेलियाको विभिन्न राज्यहरुमा स्ट्रबेरीमा सियो पाइएपछि मानिसहरु त्रासित भएका छन् । त्यहाँका विभिन्न ६ वटा राज्यहरुमा बेच्न राखिएको स्ट्रबेरीभित्र सियो भेटिएको हो । यसलाई त्यहाँका एक जना मन्त्रीले ‘जघन्य अपराध’ भनेका छन् ।

अस्ट्रेलियामा स्ट्रबेरीभित्र सियो अातंक

स्ट्रबेरीसँगै सियो निलेपछि एक जना व्यक्तिलाई अस्पताल पुर्‍याइएको बीबीसीले जनाएको छ । न्यूजिल्याण्डका बिक्रेताले आयतित स्ट्रबेरीहरु बेच्न छाडेको जनाएका छन् ।


अष्ट्रेलियाका स्वास्थ्य मन्त्री ग्रग हन्टले खाद्य अधिकारीहरुलाई उक्त घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् । ‘यो एउटा जघन्य अपराध हो । सर्वसाधारणमाथि सीधै आक्रमणको प्रयास हो ।’ उनले बीबीसीलाई भने । स्थानीय अधिकारीहरुले घटनाको बारेमा अनुसन्धान गरेपनि हालसम्म कुनै शंकास्पद व्यक्तिहरु पक्राउ नपरेको बीबीसीले जनाएको छ ।


यो घटना गतसाता क्वीन्सल्याण्डमा घटेको थियो । त्यसपछि न्यू साउथ वेल्स, भिक्टोरिया, दक्षिण अस्ट्रेलिया र तास्मनियामा फैलिएको थियो । उत्पादक र प्रहरीले केही घटना नक्कल गरेको समेत भएको उल्लेख गरेका छन् ।


क्वीन्सल्याण्ड राज्य सरकारले उक्त घटना बारे जानकारी दिनेलाई एक लाख अष्ट्रेलियन डलरले पुरस्कृत गर्ने जनाएको छ ।


गत बिहीबार क्वीन्सल्याण्डका स्ट्रबेरी उत्पादक संघले ‘असन्तुष्ट कर्मचारी’ले स्ट्रबेरीमा सियो घोचेको हुनसक्ने बताएको थियो । तर प्रहरीले उनीहरुको भनाइलाई पत्याएको छैन ।


हालसम्म स्ट्रबेरी बेच्ने विभिन्न ६ वटा ब्राण्डलाई छानबिनको दायरमा ल्याइएको छ । प्रहरीले बेरी ओपि ओवेशन, बेरी लिसियस, लब बेरी, डोनी ब्रकु बेरिज, डिलाइटफूल स्ट्रबेरिज र ओआसिस ब्राण्डमाथि अनुसन्धान गरिरहेको छ । यस्तै, स्वास्थ्य अधिकारीले स्ट्रबेरी काटेर मात्र खान सचेत गराएका छन् ।


स्ट्रबेरी उत्पादकहरुले उक्त घटनाको कारण व्यपारमा नकारत्मक असर पार्ने जनाएका छन् । अस्ट्रेलियमा वार्षिक एक सय ३० मिलियन अष्ट्रेलियन डलर बराबरकाे स्ट्रबेरी बिक्री हुन्छ ।

प्रकाशित : आश्विन १, २०७५ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?