शंकास्पद रूसीको तस्बिर सार्वजनिक

एजेन्सी

लन्डन — बेलायतमा रूसी पूर्व गुप्तचर सेर्गेई स्क्रिपल र उनकी छोरी युलियाको हत्या प्रयासको घटनामा दुई रूसी नागरिकलाई शंकास्पद व्यक्तिको रूपमा सार्वजनिक गरिएको छ ।

शंकास्पद रूसीको तस्बिर सार्वजनिक

अलेक्सान्डर पेट्रोभ र रुस्लान बोसिरोभको नाम सार्वजनिक गरिएको हो ।

गत मार्चमा स्कटल्यान्ड यार्डको सालिसबरीमा नोभिचोक नामको रसायन प्रयोग गरेर पूर्व रूसी एजेन्ट ६६ वर्षीय स्क्रिपल र उनकी ३३ वर्षीया छोरी युलियाको हत्या प्रयास भएको थियो । यो घटनापछि बेलायत र रूसबीचको कूटनीतिक सम्बन्धमा तिक्तता आएको थियो ।

प्रकाशित : भाद्र २१, २०७५ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?