कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

अल्भी पाकिस्तानको नयाँ राष्ट्रपति

एजेन्सी

इस्लामाबाद — पाकिस्तानको नयाँ राष्ट्रपतिमा सत्तारूढ दल पाकिस्तान तेहरिक ए–इन्साफ (पीटीआई) का नेता अरिफुर रेहमान अल्भी निर्वाचित भएका छन् ।

अल्भी पाकिस्तानको नयाँ राष्ट्रपति

पाकिस्तानको १३ औं राष्ट्रपतिमा निर्वाचित भएलगत्तै उनले ‘आफू दलको मात्र नभई समग्र राष्ट्रको राष्ट्रपति भएको’ प्रतिक्रिया दिएका छन् । उनले प्रधानमन्त्री इमरान खानलाई राष्ट्रपतिको उम्मेदवार बनाएकोमा धन्यवादसमेत दिए ।

निर्वाचन आयोगका अनुसार अल्भी ३ सय ५३ मतसहित निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिद्वन्दी फजलुर रेहमानले १ सय ८५ मत प्राप्त गरे । त्यसैगरी १ सय २४ मत पाएका पाकिस्तान पिपुल्स पार्टीका अ‍ैतजाज अहसान तेस्रो स्थानमा रहे ।

प्रकाशित : भाद्र २०, २०७५ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?