कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

‘उत्तर कोरियाबाट अझै खतरा’

एएफपी

टोकियो — जापानले उत्तर कोरियाबाट अझै पनि गम्भीर प्रकृतिको खतरा रहेको जनाएको छ । जापानी रक्षामन्त्रालयको सुरक्षासम्बन्धी पहिलो वार्षिक बैठकमा जापानी अधिकारीले उत्तर कोरियाबाट ढुक्क हुनसक्ने अवस्था नरहेको बताएका हुन् । 

‘उत्तर कोरियाबाट अझै खतरा’

जापानको सन् २०१८ को सुरक्षासम्बन्धी पहिलो बैठकमा अधिकारीले यस विषयलाई छलफलमा ल्याएको समाचार संस्था एएफपीले जनाएको छ । त्यसैगरी चीनको बढो सैन्य शक्ति पनि सुरक्षा समीक्षाको विषयका रुपमा उठाइएको छ ।


गतवर्ष जापानको यस्तो सुरक्षा बैठक उत्तर कोरियाको परमाणु कार्यक्रम उत्कर्षमा पुगेको बेला भएको थियो । गत वर्षको बैठकका उत्तर कोरियालाई सुरक्षा खतरा र समस्याका रुपमा लिइएको थियो ।


अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत जुनमा सिंगापुरमा भएको शिखर वार्तापछि उत्तरले आफ्नो परमाणु कार्यक्रमलाई रोक्ने प्रतिवद्धता जनाएको थियो ।


त्यसलगत्तै राष्ट्रपति ट्रम्पले उत्तर कोरियाबाट अब आफ्नो मुलुकलाई कुनैपनि खतरा नरहेको बताएका थिए । तर हालसम्म पनि कुनै प्रतिक्रिया नजनाएको जापानले उत्तर कोरियाप्रति ढुक्क हुने अवस्था नरहेको मंगलबार टिप्पणी गरेको हो ।

जापानी रक्षामन्त्री सुनोरी ओनोदेराले भने, ‘उत्तर कोरियाको परमाणु तथा क्षेप्यास्त्र कार्यक्रमबारे जापानले विगतमा उत्तर कोरियालाई जुन मान्यतामा राखेको थियो त्यसमा कुनै परिवर्तन आएको छैन् ।’


जापानले उत्तर कोरियाले गरेको प्रतिबद्धता बमोजिम आणविक कार्यक्रम स्थगित गरेको भन्ने बारेमा अझै पनि ढुक्क हुनसक्ने अवस्था नआएको पनि जनाएको छ ।


प्रकाशित : भाद्र १२, २०७५ २१:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?