न्यूजिल्याण्डमा विदेशीले घर किन्न नपाउने

बीबीसी

न्यूजिल्याण्ड — न्यूजिल्याण्डको संसदले न्यूजिल्याण्डमा विदेशीहरुलाई घर किन्न प्रतिबन्ध लगाउने कानुन पारित गरेको छ । त्यहाँको घरहरुको मूल्य आकाशिएसँगै त्यसलाई नियन्त्रण गर्न स‌ंसदले सो व्यवस्था लागु गरेको हो ।

यो प्रतिबन्ध त्यहाँ बसोबास नगर्नेहरुको हकमा मात्र लागु हुने छ । यो व्यवस्था अष्ट्रेलियन र सिगांपुरियनको हकमा भने लागु नहुने पनि बताइएको छ । न्यूजिल्याण्डले उक्त दुई देशसँग स्वतन्त्र व्यापार सम्झौता गरेकोले नयाँ व्यवस्थाबाट उनीहरुले उनमुक्ति पाएका हुन् ।


त्यहाँ घर किन्नु अत्यन्तै मंह‌गो भएपछि धेरै न्यूजिल्याण्डवासीले घर किन्नै नसक्ने भएको कारण यस्तो व्यवस्था गरिएको हो । बैंकहरुको सस्तो कर्जादर, घर निर्माणका लागि सिमित स्थान र आप्रवासीहरुको बढ्दो संख्याका कारण केही वर्ष यता त्यहाँको घरको मूल्य आकाशिएको हो ।

प्रकाशित : श्रावण ३१, २०७५ १२:४७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

पहिराेले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

रासस

चितवन — नारायणगढ मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ कालीखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । 

फाइल तस्बिर

बिहीबार बिहान साढे १० बजेतिर पहिरो गएपछि सवारी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि अझै तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण ३१, २०७५ १२:४२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×