कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

जापानमा बाढीले मृत्यु हुने २०४ पुगे

बीबीसी/एएफपी

कुरासिकी — जापानको पश्चिमी क्षेत्रमा एक साता अघिदेखिको वर्षासँगै आएको बाढीले मृत्यु हुनेको संख्या २ सय ४ पुगेको छ । दर्जनाैं बेपत्ता छन् । जापान सरकारका प्रवक्ताका अनुसार वर्षाका कारण उद्धारमा समेत कठिनाइ भएको छ ।

जापानमा बाढीले मृत्यु हुने २०४ पुगे

जापानी राष्ट्रिय टेलिभिजन एनएचकेले उद्धारका लागि हजारौं सेना तथा प्रहरीहरू खटाइए पनि प्रभावकारी हुन नसकेको जनाएको छ ।

मौसमविद्हरूले वर्षा अझै केही दिन ननरोकिने जनाएका छन् । कतिपय स्थानमा पहिरोको जोखिम रहेको बताइएको छ । क्योडो समाचार संस्थाले मृत्यु हुनेमध्ये केही पहिरोमा पुरिएका हुन् । राजधानी टोकियोदेखि ६ सय किलोमिटर पश्चिममा अवस्थित मोतोयामा नगरमा वर्षा र बाढीको प्रकोप बढेको छ । हिरोसिमामा पनि पानीको तह बढेको छ । अधिकारीहरूले उक्त बाढी ३ दशकयताकै विनाशकारी भएको जनाएका छन् ।

अधिकारीहरूले हजारौं मानिसको उद्धार गरिएको तथा लाखौं मानिसलाई सुरक्षित स्थानमा सर्न चेतावनी दिएको जनाएका छन् । उद्धार गरिएकालाई विद्यालय भवन, जिमखाना तथा सार्वजनिक स्थानमा राखिएको छ ।

करिब ५ लाख जनसंख्या रहेको कुरासिकी क्षेत्रमा यसअघि सन् २०१४ मा भीषण बाढी आएको थियो । उक्त बाढीका कारण ७७ जनाको ज्यान गएको थियो ।

प्रकाशित : असार ३१, २०७५ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?