कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

जापानमा बाढीपहिरोबाट ३८ को मृत्यु

बीबीसी

टोकियो — जापानको पश्चिमी क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण कम्तीमा ३८ जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार ५० भन्दा बढी मानिस हराइरहेका छन् । जापानी अधिकारीका अनुसार मृत्यु हुनेहरु अधिकांश हिरोसिमा क्षेत्रका छन् ।

जापानमा बाढीपहिरोबाट ३८ को मृत्यु

उक्त क्षेत्रमा गत बिहीबारदेखिको बाढीका कारण सयौं घरहरु ध्वस्त भएका छन् । अधिकारीहरुले करिब १५ लाख मानिसलाई आफ्नो घर छाडेर जान चेतावनी दिइएको जनाएका छन् । समाचार संस्था रोयटर्सका अनुसार १३ लाखलाई सर्तक रहन सूचना जारी गरिएको छ ।


स्थानीय समाचार संस्थालाई उद्धृत गर्दै बीबीसीले हजारौं प्रहरी, अग्निनियन्त्रक र सेना उद्धारकार्यमा खटिएको जनाएको छ । जापानी समाचार संस्था क्योडोका अनुसार कतिपय बाढीपीडितहरु पहिरोले जिउँदै पुरिएका छन् ।


राजधानी टोकियोबाट करिब ६ सय किलोमिटर पश्चिमको सहर मोटोयामामा शुक्रबार र शनिबार ५ सय ८३ मिलिमिटर वर्षा भएको जापानी मौसम विभागले जनाएको छ । विभागले अझै केही दिन भीषण वर्षा हुने जनाएपछि उच्च सर्तकता अपनाइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।


हिरोसिमाबाट ३ सय किलोमिटर पूर्वको सहर क्योटोमा पनि बाढीले कैयौं घरहरुमा क्षति पुगेको जनाइएको छ । एक स्थानीय मनाबु ताकेसिताले भने, ‘आँधीयाम सुरु भएसँगै नदीको नजिकैका स्थानमा बस्ने स्थानीयहरु निकै त्रसित भएका छन् ।’

प्रकाशित : असार २३, २०७५ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?