२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

२५ वर्षमै मन्त्री बने सैयद

एजेन्सीहरु

काठमाडौँ — मलेसियाका प्रधानमन्त्री महाथीर बिन मोहमद ९२ वर्ष पुगेका छन् ।  गत मेमा सम्पन्न चुनावमा महाथीरको पार्टी ‘बर्सातु मलेसिया’ ले बहुमत ल्याएपछि उनी पुन: प्रधानमन्त्री बनेका हुन् ।

२५ वर्षमै मन्त्री बने सैयद

महाथीर सन् १९८१ जुलई देखि २००३ अक्टोबरसम्म गरी करिब २२ वर्ष मलेसियाको प्रधानमन्त्री भएका थिए । उनी मलेसियाको इतिहासमा सबैभन्दा पाका प्रधानमन्त्री हुन् ।

सोमबार मन्त्रिपरिषद विस्तारका क्रममा महाथीरले २५ वर्षीय सैयद सिद्दिकलाई मन्त्री बनाएका छन् । उनी महाथीरको १३ मन्त्री र २३ राज्यमन्त्री रहेको मन्त्री मण्डलका सबैभन्दा कान्छो मन्त्री हुन् ।


मलेसियाका पूर्वप्रधानमन्त्री नजिव रजाक सन् १९७८ मा उर्जा राज्यमन्त्री हुँदा २५ वर्षका थिए । योभन्दा अघि कम उमेरका मन्त्रीमा ३७ वर्षीय खइरी जुमालुद्दिन भएका थिए ।

सिद्दिकले मलेसियाको इतिहासमा सबैभन्दा कम उमेरमा मन्त्री भन्ने सौभाग्य भएका छन् । उनलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

२५ वर्षको उमरेमा मन्त्री बनेपछि सिद्दिकको चर्चा चौतर्फी चुलिएको छ । सामाजिक सञ्जालहरुमा उनलाई बधाई दिनेको ओइरो लागेको छ । नेपालमा पनि सिद्दिकलाई जोडेर राजनीतिमा युवाहरुलाई अवसर दिनुपर्छ भन्दै स्टाटस र ट्वीटहरु आउन थालेका छन् ।

९२ वर्षीय यी ‘पाका’ तर एक्टिभ प्रधानमन्त्री महाथीरले आफ्नो ‘नाती’ उमेरका व्यक्तिलाई आखिर किन मन्त्री बनाए ?

सैयद सिद्दिक महाथीरको पार्टी बर्सातु मलेसियाको युवा दस्ता प्रमुख पनि हुन् । उनको जन्म मलेसियाको जोहोरमा सन् १९९२ मा भएको थियो । सिद्दिकले इस्लामिक विश्विद्यालयबाट कानूनमा ग्रयाजुएट गरेका छन् ।

विद्यार्थी कालमा उनले तीन पटक एसियन ब्रिटिस पार्लामेन्टरी डिबेट च्यापियनसीप प्रतियोगितको उपाधि जितेका छन् । ओक्सफोर्ड विश्वविद्यालयको छात्रवृत्ति छाडेर उनी राजनीतिमा सक्रिय छन् ।

सिद्दिक सन् २०१६ देखि मलेसियाको राजनीतिमा चर्चामा आएका हुन् । सद्दिक र उनका सहयोगीहरले मलेसिया डेभलोपमेन्ट बरहाड प्रकरणमा पूर्व प्रधानमन्त्री नजिव राजकको नेतृत्वलाई विरोध गरेका थिए । १४ औँ आम चुनावमा सिद्दिक मुअरबाट ६ हजार ९ सय ५३ मत ल्याउदै विजयी भए ।

मन्त्री पदको शपथ लिंदै सिद्दिकले भविष्यमा युवाहरुलाई थप सम्भावना रहेको जनाउँदै उनले भने, ‘युवाहरु भविष्यको लिडर नभएर आजकै हुन् । ’

प्रकाशित : असार १९, २०७५ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?