आत्मघाती आक्रमणमा ९ प्रहरी मारिए   

सिन्हवा

असादबाद — अफगानिस्तानको पूर्वीप्रान्त कुनारमा सोमबार राति गरिएको आत्मघाती आक्रमणमा ९ प्रहरी अधिकारीको मृत्यु भएको छ ।

आत्मघाती आक्रमणमा ९ प्रहरी मारिए   

आक्रमणमा ३ प्रहरी अधिकारी घाइते भएको अधिकारीले जनाएका छन् । अधिकारीका अनुसार चावकी जिल्लाको बबार तांगईस्थित प्रहरी चौकीमा विद्रोहीले आक्रमण गरेको प्रवक्ता गनी मुसामिमले जनाए ।

आक्रमणको हालसम्म कुनै समूहले जिम्मा लिएको छैन । कुनारमा तालिवान र इस्लामिक स्टेट (आईएस) विद्रोहीले पटकपटक आक्रमण गर्दै आएका छन् । प्रहरीले सोमबारको आक्रमणमा पनि उनीहरुको संलग्नता भएको आशंका व्यक्त गरेको छ । ती हमलाकारीको परिचय खुल्न नसकेको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।


सन् २०१४ देखि अफगानिस्तानबाट नेटो सेना बाहिरिएपछि सुरक्षा अधिकारी तथा सरकारी कार्यालय केन्द्रित आक्रमणमा वृद्धि भएको छ । सन् २०१४ को अन्त्यमा अफगानिस्तानमा युद्धरत अमेरिकी र नेटोआबद्ध सेनाले अफगान युद्ध सकिएको घोषणा गरेका थिए ।


यद्यपि, हालसम्म पनि तालिवान र आईएसले हालैका महिनामा भीषण आक्रमण गर्दै आएका छन् । हाल अफगानिस्तानमा केही हजारको संख्यामा रहेका अमेरिकी र नेटोआबद्ध सैनिकले अफगान सुरक्षा अधिकारीलाई सल्लाह तथा तालिम दिँदै आएका छन् ।


प्रकाशित : असार १२, २०७५ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?