इजरायलका प्रधानमन्त्री पत्नीलाई जरिवाना

रासस/सिन्ह्वा

जेरुसेलम — इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुकी पत्नीलाई छली गरेको आरोपमा बिहीबार सजाय तोकिएको छ । छली गरेर सरकारी कोषको दुरुपयोग गरेको आरोपमा उनलाई सजाय गरिएको कानून मन्त्रीले जनाएका छन् । 

जेरुसेलमको जिल्ला वकीलको कार्यालयले प्रधानमन्त्री पत्नी सारा नेतान्याहुका विरुद्धमा मुद्धा दायर गरेको कानून मन्त्रीले जारी वक्तव्यमा उल्लेख गरेका छन् ।

आफ्नो घरमा पकाउने र खुवाउने कुनै कर्मचारी नभएपछि उनले केही व्यक्तिलाई प्रधानमन्त्री कार्यालयको खर्चमा रेस्टुरेन्टमा खाना खुवाएकाे र त्यसका लागि एक लाख अमेरिकी डलर खर्च भएको भन्ने बिषयमाथि गरिएको छानबिनमा ५९ वर्षीय साराले जरिवानको सजाय पाएकी हुन् ।

उनीमाथि घुस लिएको, झूटा बयान दिएको र विश्वासप्रति धोखा दिइएको बताइएको छ ।सारास‌ंगै प्रधानमन्त्री कार्यालयका पूर्व उप महानिर्देशक इज्रा साइडोफलाई पनि सरकारी कोष दुरुपयोगकाे आरोपमा कारबाही भएको छ ।

प्रकाशित : असार ८, २०७५ १४:२४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

रेस्टुरेन्ट व्यावसायी अकबर शाह सुन तस्करीको आरोपमा पक्राउ

जनकराज सापकाेटा

काठमाडौँ — संगठित सुन तस्करीमाथि अनुसन्धान गर्न बनेको विशेष समितिले पुल्चोकस्थित लबिम मलमा रेस्टुरेन्ट संचालन गर्दै आएका व्यवसायी अकबर शाहलाई पक्राउ गरेको छ । संगठित सुन तस्करीमा अकबरको पनि मिलेमतो रहेको समिति स्रोतको दाबी छ ।

अकबर शाह काठमाडौंको लाजिम्पाटमा केही वर्ष पहिले गोली हानी हत्या गरिएका संचार उद्यमी जमिम शाहका नातेदार समेत हुन् । उनले लामो समयसम्म जमिमको सहयोगीका रुपमा स्पेश टाइम नेटवर्क अन्तरगत संचालित च्यानल नेपाल र स्पेश टाइम दैनिकमा समेत काम गरेका थिए ।

मंगलबार मात्रै समितिले विमल पोदारलाई डिल्लीबजारमा नियन्त्रणमा लिएको थियो ।

डिल्लीबजारमा रहेको एक अर्पाटमेन्टको १६ औं तल्लामा एड्रेस लाउन्ज संचालन गर्ने पोदार यसअघि हुण्डी र विदेशी मुद्राको अवैध कारोवारमा समेत मुछिएका थिए ।

समिति स्रोतका अनुसार बिहिबार पक्राउ परेका अकबरसँग आज बयान लिने काम भइरहेको छ ।

प्रकाशित : असार ८, २०७५ १४:१३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×