डुंगा दुर्घटनामा १९० बेपत्ता

बीबीसी

सुमात्रा — इन्डोनेसियाको सुमात्रा टापुको तोबा तालमा सोमबार डुंगा दुर्घटना हुँदा करिब १ सय ९० व्यक्ति बेपत्ता भएका छन् ।

डुंगा दुर्घटनामा १९० बेपत्ता

राष्ट्रिय खोज तथा उद्दार एजेन्सीले १८ जनाको उद्दार गरिएको जनाएको छ । तर डुंगामा धेरै व्यक्ति च्यापिएका हुनसक्ने अनुमान गरिएको छ । खोजीकार्य जारी रहेकाले डुंगामा कति व्यक्ति सवार थिए भन्ने बारेमा यकिन हुन सकेको छैन । मंगलबारदेखि नै खोजी तथा उद्धारका लागि सयौंको उद्धारकर्मीको टोली खटिएको छ ।


प्रकाशित : असार ६, २०७५ २१:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?