ट्रम्प र किमद्वारा 'बृहत्' सम्झौतामा हस्ताक्षर

राेयटर्स

सिंगापुर — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले 'बृहत्' सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन् । मंगलबार सिंगापुरमा कोरियन प्रायद्वीपलाई आणविक हतियार मुक्त क्षेत्र बनाउन भएको ऐतिहासिक शिखर वार्ता पछि दुई नेताले सम्झौता-पत्रमा हस्ताक्षर गरेका हुन् । यद्यपी सम्झौताका बुँदाहरु भने सार्वजनिक गरिएको छैन ।

सम्झौतामा हस्ताक्षर गरेसँगै ट्रम्पले आणविक नि:शस्त्रीकरणको प्रक्रिया आफूले सोचेभन्दा चाँडै सुरु हुने प्रतिक्रिया दिएका छन्।

लगभग ४० मिनेटको वार्तापछिसँगै खाना खाएर सम्झौता-पत्रमा हस्ताक्षर गर्नु पूर्व ट्रम्पले 'बृहत् पत्र'मा हस्ताक्षर हुन लागेको बताएका थिए।

अमेरिकी राष्ट्रपति ट्रम्पले किमसँगको भेटवार्ता पछि 'विशेष सम्बन्ध' स्थापित भएको र यसले उत्तरसँगको अमेरिकाको सम्बन्ध पनि फरक ढंगबाट अगाडि बढ्ने बताएका छन्।

'हामीले विश्वकै सबैभन्दा खतरनाक समस्यालाई अन्त्य गर्न सफल भएका छौं,' ट्रम्पले भने, 'यस उपलब्धीबाट विश्वका सबै मानिस धेरै खुशी हुने छन्।'

ट्रम्पले पत्रकारहरुको प्रश्नको जवाफ दिँदै किमलाई अमेरिका भ्रमणको निम्तो समेत दिने बताएका छन्। 'किम निकै प्रतिभाशाली रहेछन्,' ट्रम्पले भने, 'किमले आफ्नो देशलाई निकै माया गर्दा रहेछन्।'

प्रकाशित : जेष्ठ २९, २०७५ १२:१४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

होन्डुरसमा ७.६ रेक्टरको भूकम्प

राेयटर्स

होन्डुरस — मध्य अमेरिकाको होन्डुरसको उत्तरमास्थित क्यारिबियन समुद्रमा केहीसमय अघि ७‍.६म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ अध्ययन संस्था (यूएसजीएस)ले जनाएको छ । भूकम्प गएसँगै त्यहाँ 'प्यासिफिक सुनामी वार्निङ सेन्टर'ले त्यहाँ वरपर पर्ने स्थानमा सुनामी आउनसक्ने चेतावनी दिएको थियो।

सुनामीको चेतावनी भने हटाइएको छ ।

यूएसजीएसका अनुसार साे भूकम्पकफ केन्द्रविन्दु होन्डुरसको बार्रा पाटुकाबाट २०२ किमी उत्तरपूर्व र केमन टापुस्थित जर्ज टाउनबाट १९१ किमी दक्षिणपश्चिममा रहेको छ। जमिनी सतहभन्दा १० किमी मात्रै तल यसको केन्द्र रहेकोले धेरै टाढासम्म महसुस हुने र क्षति पनि धेरै हुनसक्ने अनुमान छ।

भूकम्पबाट के कति क्षति भयो भन्ने विवरण आउन बाँकी छ।

प्रकाशित : पुस २६, २०७४ ०९:०८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT