कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्पेनका नयाँ प्रधानमन्त्री सान्चेज को हुन् ? 

सीएनएन/बीबीसी

मड्रिड — स्पेनी प्रधानमन्त्री मारियानो राखोयविरुद्ध संसद्‌मा शुक्रबार पेस भएको अविश्वास प्रस्तावमा पराजित भएपछि सरकार ढलेको छ । 

स्पेनका नयाँ प्रधानमन्त्री सान्चेज को हुन् ? 

एक भ्रष्टाचार मुद्दामा विवादित राखोयोविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका समाजवादी नेता पेद्रो सान्चेज नयाँ प्रधानमन्त्री बनेका छन् । ‘हामीले हाम्रो देशको लोकतन्त्रको इतिहासमा नयाँ निर्णय गर्दै छौं,’ शुक्रबारको मतदानका क्रममा सान्चेजले भने ।

राखोय आधुनिक स्पेनको इतिहासमा संसद्‌मा अविश्वासको पराजित हुने पहिलो प्रधानमन्त्री हुन् । स्पेनमा सन् २०११ देखि कन्जरभेटिभ पार्टीका नेता प्रधानमन्त्री भएका थिए ।


शुक्रबार हुने मतदानमा पराजित हुने लगभग निश्चित भएपछि राखोयले सांसदहरुलाई सम्बोधन गर्दै ‘आफूले पाएको भन्दा निकै राम्रो स्पेन छाड्न पाउँदा निकै सम्मानित महसुस गरेको’ बताएका थिए । साथै उनले नयाँ प्रधानमन्त्री साञ्चेजलाई बधाई तथा शुभकामनासमेत दिएका छन् ।


साञ्चेजले बास्क्यु नेसनलिस्ट लगायतका विभिन्न साना दलको समर्थन पाएपछि बहुमत प्राप्त गरेका हुन् । शुक्रबारको मतदानमा सान्चेजले १ सय ८० सांसदको मत पाएका थिए भने, राखोयसँग १ सय ६९ सांसदको समर्थन मात्रै रह्यो । ३ सय ५० सदस्य रहेको स्पेनी संसद्मा एक सांसद अनुपस्थित भएका थिए ।


राखोयको दलका एक पूर्व कोषध्यक्षलाई भ्रष्टाचारको आरोपमा ३३ वर्षको काराबास सजाय सुनाइएपछि स्पेनमा निकै चर्चा सुरु भएको थियो । सान्चेजले ६३ वर्षीय राखोयले आफ्नो पार्टीको संलग्नताबारे उनले उत्तरदायित्व लिन असफल भएको भन्दै संसद्मा अविश्वासको प्रस्ताव पेस गरेका थिए । म्याड्रिडस्थित उच्च अदालतले लुइस बार्सेनासलाई घूसखोरी तथा कर अपराधमा दोषी ठहर गरेको थियो ।


को हुन् सान्चेज ?

पेद्रो सान्चेज सन् २०१४ मा स्पेनी सोसलिस्ट पार्टीको प्रमुख चयन भएका हुनुअघि खासै चर्चित थिएनन् । पूर्व अर्थशास्त्री तथा बास्केटबल खेलाडी सान्चेजले विभाजित पार्टीलाई एक बनाउने तथा पार्टीलाई सत्तामा पुर्‍याउने प्रतिबद्धताका साथ पार्टी प्रमुख बनेका थिए ।


बेल्जियमबाट राजनीतिशास्त्र तथा अर्थशास्त्रमा स्नातकोत्तर सान्चेजले यसअघि केही समय अध्यापनसमेत गरेका थिए । सन् २००९ मा स्पेनी संसदो सदस्यमा निर्वाचित भएका उनी अर्थशास्त्र तथा वित्त मन्त्रीसमेत बनेका थिए ।


सान्चेजले केही दिनमा प्रधानमन्त्रीको शपथ लिने ठानिएको छ । उनी समाजवादी पीएसओई दलको नेतृत्व गर्ने भए पनि उनी आफू भने सांसदको सदस्य भने छैनन् । संसद्मा ८४ सिट मात्र भएको उनको दललाई सरकार गठनको समीकरणका लागि भने गाह्रो पर्ने देखिन्छ ।

प्रकाशित : जेष्ठ १८, २०७५ २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?