कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकी सेना फिर्ता नहुने

रोयटर्स/बीबीसी

पेरिस — फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले सिरियाबाट अमेरिकी सेना नहटाउन आफूले अमेरिकी राष्ट्रपति ट्रम्पलाई मनाएको बताएका छन् ।

अमेरिकी सेना फिर्ता नहुने

यसै महिनाको सुरुमा ट्रम्पले सिरियास्थित अमेरिकी सैनिकलाई फिर्ता बोलाउने घोषणा गरेका थिए । उनले सिरियाबाट अमेरिकी सेना ‘छिट्टै देश फर्कने’ बताएका थिए ।

अमेरिका, फ्रान्स र बेलायतले गत शनिबार सिरियामाथि क्षेप्यास्त्र आक्रमण गरेका थिए । म्याक्रोंले ट्रम्पलाई सिरियामाथिको आक्रमण सीमित पार्न पनि आफूले मनाएको दाबी गरे । पछिल्ला दिनमा निकै राम्रो सम्बन्ध रहेका ट्रम्प र म्याक्रोंबीच सिरिया आक्रमणभन्दा पहिले पटकपटक टेलिफोन वार्ता भएको थियो ।

तर अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका प्रवक्ता सराह स्यान्डर्सले ‘सिरियाबाट सेना फिर्ता बोलाउने निर्णयमा राष्ट्रपति डोनाल्ड ट्रम्प अडिग रहेको’ बताइन् । यसअघि गत शुक्रबारको सम्बोधनका क्रममा ट्रम्पले ‘कुनै पनि अवस्थामा अमेरिकी सेना सिरियामा बसस्ने’ बताएका थिए । सिरियामा करिब २ हजारको संख्यामा अमेरिकी सेना छन् । उनीहरूले सिरियन डेमोक्रयाटिक नाममा परिचित कुर्दिस तथा अरब विद्रोहीलाई सहयोग गर्दै आएका छन् ।

प्रकाशित : वैशाख ४, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?