१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

रोहिंग्या फिर्ती सुरु

बीबीसी

कक्स बजार — म्यान्मारको राखिने राज्यमा फैलिएको हिंसापछि भागेर बंगलादेश पुगेका शरणार्थीमध्ये पहिलो परिवार स्वदेश फिर्ता भएको म्यानमारले जनाएको छ । राखिने राज्यस्थित फिर्ती शिविरमा पुगेको पाँच सदस्यको एक परिवारलाई परिचयपत्र र आवश्यक सामाग्रहरू उपलब्ध गराइएको म्यान्मारले जनाएको छ ।

रोहिंग्या फिर्ती सुरु

संयुक्त राष्ट्रसंघले उनीहरूको म्यान्मार फिर्ती असुरक्षित रहेको चेतावनी दिँदै आएको छ । राष्ट्रसंघले म्यान्मारलाई रोहिंग्याविरुद्ध ‘जातीय सफाया’ गरेको आरोप लगाउँदै आएको छ । राखिने राज्यमा गत अगस्ट २५ यता भएको सैनिक कारबाहीपछि ज्यान जोगाउन ७ लाख रोहिंग्याहरू बंगलादेश पुगेका थिए ।


म्यान्मारका अधिकारीले सार्वजनिक गरेका तस्बिरहरूमा ‘मुस्लिम’ परिवारलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराएको देखिन्छ । म्यान्मार सरकारले आधिकारिक रूपमा ‘रोहिंग्या’ शब्द प्रयोग गर्दैनन् । उक्त परिचयपत्रको आधारमा नागरिकता प्राप्त नहुने भन्दै बंगलादेशस्थित रोहिंग्या अगुवाहरूले अस्वीकार गरेका थिए ।

प्रकाशित : वैशाख ३, २०७५ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?